scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोरोना भाइरसको प्रकोपका बीच बालबालिकामा नयाँ समस्या देखियो


एजेन्सी, १७ वैशाख । कोरोना संक्रमणको समयमा बेलायतका बालबालिकाहरुमा एक किसिमको संक्रमण देखा परेको छ । बच्चाहरुको मुटु सुनिने, पेटमा दुखाई हुने र झाडाबान्ता जस्ता लक्षणहरु देखिएका छन् । बेलायतको स्वास्थ संस्था नेश्नल हेल्थ सर्भिसेसले बच्चाहरुको लागि अलर्ट जारी गरेको छ ।

पछिल्लो तीन हप्तामा यस्ता लक्षणहरु देखिएका विभिन्न उमेरका बालबालिकाहरु त्यहाँका अस्पताल आईसीयूमा भर्ना भएका छन् । यस्ता लक्षणहरुको सम्बन्ध कोरोना भाइरससँग हुने आशंकाहरु व्यक्त भएका छन् । किनभने अस्पताल लगिएका कतिपय बच्चाहरुमा कोरोना परीक्षण पोजिटिभ देखिएको छ ।

स्वास्थ्य विशेषज्ञहरुले यसलाई इनफ्लेमेट्री सिन्ड्रोम भएको बताएका छन् । यस्तो सिन्ड्रोमको बारेमा पिडीयाट्रिक इन्टेन्सिभ सोसाइटीले ट्वीट गरेको छ । उक्त ट्वीटमा बच्चाहरुमा शक सिन्ड्रोम, कावासाकी डिजिज तथा कोरोना जस्ता तीन रोगहरुकै जस्तो लक्षण देखिएको बताइएको छ । शक सिन्ड्रोम र कावासाकी दुवैमा शरीरको भित्री भागहरु सुनिने गर्दछ । यस अलावा सास लिनमा समस्या हुने पनि यहिँ रोगको लक्षण हो । तर हालसम्म विशेषज्ञहरु कुनै पनि निश्कर्षमा पुगेका छैनन् ।

Dish_Home

यो अरु कुनै रोग पनि हुनसक्ने उनीहरुको आशंका छ ।

इटली र स्पेनमा पनि यस्तो किसिमको लक्षण बालबालिकामा देखिएको थियो ।

कोरोना भाइरस संक्रमणको चिन्ताबीच यो नयाँ रोगको समस्या चाँढै नै सुल्झाउन आवश्यक रहेको बेलायतको पिडियाट्रिक एमरजेन्सी रिसर्चका चेयरम्यान डा. रोल्याण्डले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय