scheduleबुधवार जेष्ठ १४ गते, २०७७

कोरोना भाइरसविरुद्धको औषधिको परीक्षण सफल भएको अमेरिकन कम्पनीको दावी

एजेन्सी, १७ वैशाख । एक औषधि कम्पनीले कोरोना भाइरसविरुद्ध सफलतापूर्वक औषधिको परीक्षण गरिएको जनाएको छ । एसोसिएट प्रेसका अनुसार गिलियड साइन्सेजको सफलतापूर्वक परीक्षण गरेको कोरोनाविरुद्धको यो पहिलो सफल उपचार हुनेछ, जुन भाइरसले अहिलेसम्म संसारभरबाट २ लाख १८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यसले संसारभरी महामारीको रुप लिएको कोभिड-१९ लाई नियन्त्रण गर्न सफलता पाउने विश्वास गरिएको छ । स्वास्थ्य अधिकारीहरुले कोरोनाविरुद्धको औषधि पत्ता लगाउन एक वर्ष वा त्योभन्दा बढी लाग्ने बताइरहेको बेला यस्तो सफलता मिलेको एपीले खबर लेखेको छ ।

Dish_Home

नेशनल इन्स्टिच्युट अफ हेल्थले संसारभरका ८०० भन्दा बढी अस्पतालमा भर्ना भएका बिरामीमाथि यो रेमेडिसविर अध्ययन गरिएको थियो । यो औषधिले रोगीलाई निको बनाउन कति समय लाग्छ भन्ने कुरा महत्वपूर्ण भएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

गिलियडले बुधबार नतिजाहरुलाई लिएर कुनै विवरण सार्वजनिक गरेको छैन । यसबारे छिट्टै जानकारीहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । एनआईएचका अधिकारीहरुका यसबारेमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
रेमेडिसविर एकप्रकारको आइभीबाट दिइन्छ र इन्जाइमलाई प्रभावित गर्नेगरी बनाइएको हुन्छ जसले आनुवंशिक वस्तुको पुनर्उत्पादन गर्छ ।

सार्स र मर्सविरुद्ध जनावरमा गरिएको परीक्षणहरुमा, यस्तै प्रकारको कोरोना भाइरसबाट हुने बिरामीलाई रोगबाट बचाउन र लक्षणहरु घटाउने नतिजा निस्किएको वैज्ञानिकहरुलेब ताएका छन् । यो औषधिको संसारभरी उपयोगको लागि सिफारिस भने गरिसकिएको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय