scheduleबिहिवारबैशाख ९ गते, २०७८

बालुवाटारमा नेकपा सचिवालय बैठक, पत्रकारलाई गेटबाहिरै रोकियो

काठमाडौं, १७ बैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले नेकपा सचिवालयको बैठक चलिरहेको छ । तर आज पत्रकारलाई मूल गेटबाटै प्रवेश गर्न दिइएको छैन ।

समाचार संकलनका लागि गएका पत्रकारहरु सबै मुलगेटको बाहिर सडकमै धर्ना कसेर बसेका छन् । नेकपाभित्रको चरम विवादका बीच बसेको सचिवालयको बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुलाई शुरुदेखि नै प्रवेशमा रोक लगाइएको हो ।

यसैबीच नेकपा नेता कृष्णगोपाल श्रेष्ठले फेसबुकमा पत्रकारहरु बाहिर सडकमै बस्नुपरेको फोटो हाल्दै लेखेका छन्, ‘क्षमाप्रार्थी छु, पत्रकार महाेदय, ढिलै भए पनि राम्रो समाचर पाउनु हुनेछ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay