scheduleबुधवार आश्विन ६ गते, २०७८

मे था, मे हू और मे ही रहूंगा …

एजेन्सी, १८ वैशाख । ‘मे था, मे हू और मे ही रहूंगा …।’

फिल्म हैदरका यो डाइलग जस्तै भगवानबाट पाएको इरफान खान अतुलनीय बरदान सदैव अमर रहने छ । न्यूरोइन्डोक्राइन ट्युमरसँगको संघर्षमा भर्सटाइल अभिनेताको नश्वर शरीरले अन्तिम युद्ध हार्‍यो र मुम्बाईको एउटा अस्पतालमा उनले देह त्याग गरे ।

भारतीय सिनेमाले पाएको एक महान् कलाकार हुन् इफरान खान । यद्यपि उनले आफ्नो कलाको महानतालाई प्रदर्शन गरेर कहिल्यै सस्तो बनाउन चाहेनन् । बरु उनी ठट्यौली पारामा आफ्नो क्षमतामाथि आफै आशंका गर्दै आफूलाई उडाएर हसाउँथे । जुन उनको हरेक अन्तरवार्तामा देखिनथ्यो ।

तर उनको कला र प्रतिभामा कुनै शंका र दुविधा छैन जसको बलमा उनले व्यवसायिक र कलात्मक सिनेमा जगतमा मात्र होइन बलिउडदेखि हलिउडसम्ममा आफूलाई स्थापित गर्न सफल भए । एउटा सामान्य रुपरंग र जीवनशैली भएका भारतीय अभिनेता जसले अन्तराष्ट्रिय फिल्म क्षेत्रमा पनि आफ्नो छाप छोडे ।

त्यो एउटै नाम हो इफरान खान । मार्क रुफालो जस्ता हलिउड अभिनेताले उनको कलालाई परखेर उनलाई प्रतिक्रिया दिएका थिए ।

एउटा ब्लकबस्टर फिल्म दिने भारतीय सुपरस्टारहरु सय करोडको क्लबमा प्रवेश गरेको खुलेआम घोषणा गर्छन् । तर लाइफा अफ पाई, द नेमसेक, जुरासिक वर्ल्ड, इन्फर्नो, अ माइटी हार्ट र अमेजिङ स्पाइडर म्यान जस्ता जीवन्त फिल्ममा अभिनय गरी हलिउडलाई पनि आफ्नो उपस्थिति र अस्तित्वको आभाष गराईसकेका इरफानमा आफ्नो उपलब्धिलाई लिएर लेस पनि लोभ र अहंकार थिएन । उनले कहल्यिै पनि आफ्नो उपलब्धि र कमाईको खुलेआम घोषणा गरेनन् ।

द लन्च बक्स एउटा यस्तै फिल्म थियो जहाँ उनले एउटा अधबैंसे प्रेमीको भूमिका निर्वाह गरेका थिए । उनको यो फिल्मले टाढा टाढासम्म चर्चा कमाएको थियो ।
भारतको मूलधार चलचित्र क्षेत्रमा उनको पहिलो सोलो सुपरहिट हिन्दी फिल्महरु उनको जीवनको पछिल्लो क्षणहरुमा आए । खासगरी जब उनी ५० औं वर्षको वरपर थिए । यो उमेर आएर उनले पर्दामा एउटा युवाले जसरी प्रेमीको भूमिका पनि देखा परे तर ती भूमिकालाई न्याय गरे ।

आफ्नो फ्यान र आलोचकहरुलाई कहिल्यै निराश बनाएनन् । आत्म विश्वास, कडा मेहेनत र उदाहरणीय क्षमतालो भरिपूर्ण उनको यही स्वभावले उनलाई सबै किसिमको भूमिकामा सधै अब्बलरुपमा प्रस्तुत गरायो ।

अभिनेताको रुपमा उनको उदय आफैमा आश्चर्यजनक प्रेरणा हो भने उनको अनन्त प्रतिभा एउटा ठूलो पुस्तक हो जसले आगामी दिनमा आउने हरेक पुस्तालाई प्रेरणा दिइरहने छ ।

नयाँ दिल्लीस्थित नेश्नल स्कूल अफ ड्रामाको उपज हुन् इरफान जसले यति कै रातारात सफलता हासिल गरेनन् । फिल्म इन्डस्ट्रीका साँक्षीहरुले उनको संघर्षलाई देखेका छन् । सुरुवाती दिनमा टेलिभिजन च्यानलदेखि उनको ब्लकबस्टर पान सिंह तोमर जस्तो फिल्मको रिलिजका लागि पनि उनले कम संघर्ष गरेनन् ।

पछि तिग्मांशु धुलियाद्वारा निर्देशित पान सिंह तोमरमा उनको अभिनयले उनला नेश्नल अवार्ड दिलायो । त्यो अवार्डले उनको बेजोड प्रतिभाको स्पेसलाई थप बलियो बनायो । यस अलावा केही वर्ष अघि रिलिज भएको फिल्म पिकु जसमा उनी अभिनत्री दीपिका पादुकोनसँग रोमान्टिक जोडीको रुपमा देखिएका थिए । फिल्ममा उनको उमेरलाई पनि चुनौती दिने अभिनयका कारण उनले थप माया र प्रशंसा बटुले ।

उनी आलोचकहरुको पनि प्रिय पात्र बन्न थाले । निर्देशकहरुको रोजाइमा पर्नेथाले र उनको बजोड अभिनयले दर्शकहरुको मन जितिनै रह्यो । फिल्ममा देखिने उनको कमिक टाइमिङले दर्शकलाई सधै हसाँइरह्यो । जुन लाइफ इन मेट्रो फिल्ममा देखियो । यो उनको करियरको एउटा टर्निङ प्वाइन्ट थियो भने मक्बूल जस्तो फिल्मा उनले आफ्नो भूमिकालाई कति गहिरिएर बुझ्न सक्छन् भन्ने कुरा देखियो ।

आफ्नो भूमिकलाई बुझेर अभिनयलाई सूक्ष्यरुपमा प्रदर्शन गर्नु नै उनको पर्फेक्सनको प्वाइन्ट थियो । उनले व्यवसायिक हिन्दी चलचित्रको माग पनि बुझे । त्यो बुझाई उनीमा व्यापकरुपमा पृष्ठभूमि अध्ययन गरेर आएको थिएन तर आपसे आप त्यो उनीभित्र पलाएको थियो । एनिस बाज्मिसको थ्याङ्क्यु जस्तो फिल्ममा फिट हुन उनले आफ्नो अभिनय शक्तिसँग सामनजस्यता स्थापित गरे ।

तर उनी कहिल्यै पनि शुत्रमा आधारित एउटै प्रस्तुतीमा विश्वास राख्दैन थिए । उनले गोवामा आयोजित आइएफएफआइको अवसरमा जहाँ उनको फिल्म लाइफ अफ पाइ ओपनिङ फिल्म थियो त्यहाँ उनले एउटा ऐतिहासिक अभिव्यक्ति दिदैँ भनेका थिए, ‘परिभाषहरुले तपाईको अनुभवलाई सिमित बनाई दिन्छ त्यसकारण कुनै कुराबाट शुत्र बनाउन प्रयास नगर्नुहोस्, साँघुरो बनावटहरुबाट छोटो छरितो उत्तर खोज्ने प्रयास गर्नुहोस् ।’

उनले आफ्नो बारेमा जे भने र जे भन्दै आए ती मध्येका अधिकांश कुराहरु सधै वास्तविक हुने छन् । आज उनलाई गुमाउँदै गर्दा सबै कला प्रेमीहरुको मुटु भारी भएको छ, यो अवस्थामा माग्रेट मिसेलको एउटा भनाईले केही सन्तोष गर्ने ठाउँ दिन्छ । जुन भनाई उनले २०१८ मा आफ्नो प्राणघातक रोग पत्तो लागेपछि तुरुन्तै पोस्ट गर्दै लेखेकी थिइन्, ‘जीवनलाई कुनै बाध्यता छैन हामीले जे अपेक्षा गर्छौं त्यो कुरा दिनलाई ।’

इरफान खान त्यो एकजना यस्ता व्याक्ति हुन् जसले प्रत्येक पटक स्क्रिनमा देखा पर्दै गर्दा सबैको अपेक्षालाई पुरा गरेर अगाडी पुगेका छन् । उनले जाँदा जाँदै भारतीय र विश्व सिनेमा जगत्लाई अपुरनीय योगदान दिएर विदा भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय