scheduleशनिवार मंसिर २० गते, २०७७

लाइभ ब्रोडकास्टमा पत्रकार पेन्टबिना देखिएपछि …


एजेन्सी, १८ वैशाख । वर्क फ्रम होमको आफ्नै मज्जा छ । तर यो मज्जा सबैका लागि सधै उस्तै हुँदैन । विशेषगरी तब जब तपाई टेलिभिजनको रिपोर्टर हुनुहुन्छ ।

एबीसी न्यूज च्यानलका एकजना रिपोर्टरले वर्क फ्रम होमको तितो अनुभव बटुलेका छन् ।

विल रिभ नामका ती रिपोर्टर ‘गुड मर्निङ अमेरिका’ शोको मंगलबारको सेग्मेन्टमा देखिएका थिए । उक्त शोमा उनी फार्मेसीहरुले ड्रोनको प्रयोग गरी बिमारीहरुकहाँ औषधिहरु पठाइरहेको बारे बोली रहेका थिए । उनको उक्त शो एबीसी न्यूजबाट प्रत्यक्ष प्रशारण भईरहेको थियो । त्यहीँ समय उनी बिना पेन्ट टेलिभिजनको स्क्रिनमा देखिए ।

सीएनएनको अनुसार २७ वर्षीय ती पत्रकार आफ्नै घरबाट आफ्नै क्यामेराको अगाडि शो प्रस्तुत गरिरहेका थिए ।

तर रिभले क्यामेरा सहीँ एङ्गलमा राख्न गल्ती गरे । जसकारण रिभले माथि त फूल सूट लगाइएको देखियो तर चिलका जस्ता आँखा भएका दर्शकहरुले उनको सूट मुनि नाङ्गा खुट्टाहरु देखी हाले ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay