scheduleबुधवार जेष्ठ १४ गते, २०७७

महामारीबाट बच्न पूर्णरुपमा लकडाउन हटाउने खतरनाक विकल्पमा बहस

एजेन्सी, १८ वैशाख के कोरोना भाइरसको महामारीबाट बच्नको लागि सबैलाई कोरोना संक्रमित हुन दिनुपर्छ ? यो प्रश्न सुन्दा तपाईंलाई पक्कै पनि रिस उठ्यो होला । तर, संसारमा यो बहस सुरु भएको छ । विज्ञहरुले यो विकल्पमा पनि बहस सुरु गरेका हुन् ।

विशेषज्ञहरुका बीच यसलाई लिएर बहस सुरु भएको छ । यसको पक्ष र विपक्षमा कुरा चलिरहेको छ ।

Dish_Home

लकडाउन र सामाजिक दूरी सधैंका लागि लागू हुन सक्दैन । जबसम्म कोभिड-१९ को भ्याक्सिन बन्दैन तबसम्म खतरा यसको संक्रमणको खतरा रहिरहन्छ । त्यसो भए के कोरोना भाइरस संसारमा रहेसम्म लकडाउन गरिरहने ? अवश्य पनि सम्भव छैन ।

किनकी यसले रोग रोक्न सक्दैन र अर्थतन्त्र चौपट हुन्छ र मानिसहरु भोकले मर्ने अवस्था हुन्छ । बेरोजगारी इतिहासकै उत्कर्षमा पुग्न सक्छ ।

यस्तो अवस्थामा विकल्प के त ? ‘हर्ड इम्युनिटी’ को अवधारणाअनुसार सबै मानिसलाई खुला छोडिदिनुपर्छ । यसबाट ‘हर्ड इम्युनिटी’ विकास हुन्छ र कोरोनाले मानिसलाई केही गर्न सक्दैन । तर, यसमा यतिधेरै जोखिम छ कि यो गर्नुपर्छ भनेर भन्न सक्ने अवस्था कसैको छैन ।

कतिपय विशेषज्ञहरुले यो विकल्पको चर्को विरोध गरिरहेका छन् । यस्तो गर्दा रोगी र वृद्धवृद्धाहरुका साथै कमजोर स्वास्थ्य भएका मानिसहरुमाथि अन्याय हुन्छ । अष्ट्रेलियाको एपिडेमियोलोजिस्ट गिडियन मेयरोविट्जकाट्जले गार्डियनमा लेखेका छन्, ‘यसका लागि हामीले अर्थतन्त्रको सट्टा कमजोर मानिसहरुलाई बलि दिनुपर्ने हुन्छ ।’

यो अवधारणाविरुद्ध विश्व स्वास्थ्य संगठन पनि छ । स्वीडेनमा अहिलेसम्म लकडाउन गरिएको छैन । यसका कारण त्यहाँ छिमेकी देशमा भन्दा मृत्यूदर बढी त छ तर कोरोना रक्षात्मक अवस्थामा भने छ ।

हर्ड इम्युनिटीका लागि मानिसलाई खुलारुपमा छाड्नु खतरनाक हुनसक्छ । ६० देखि ८५ प्रतिशत जनसंख्या संक्रमित भयो भने यसले विनाशकारी नतिजा पनि आउन सक्छ । उक्त अवस्थाको कल्पनासम्म गर्न पनि गाह्रो हुन्छ । यस्तो अवस्थामा लाखौंदेखि करोडसम्म मानिसहरु मर्न सक्छन् ।

क्यानडाका प्रमुख स्वास्थ्य अधिकारी थेरेसा ट्यामको चेतावनी छ, ‘यदि यस्तो गरियो भने मृत्यू मात्र होइन, रोग असर पनि खतरनाक सावित हुनसक्छ । रोगबाट बचेका मानिसको पनि मृगौला, कलेजो, मुटु र मष्तिष्कमा हुने क्षति थप चिन्ताजनक हुनसक्छ ।’

के हो ‘हर्ड इम्युनिटी’
जब बहुसंख्यक मानिस कुनै संक्रामक रोगप्रति प्रतिरोधक हुन्छन् अथवा उसको शरीरमा उक्त भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता विकसित हुन्छ, तब बाँकी बचेका मानिसहरुलाई रोगले संक्रमणको चपेटामा ल्याउन सक्दैन । किनकि पूरा समूहमा नै यस्तो प्रतिरोधात्मक क्षमताको बिस्तार भइसकेको हुन्छ । यो अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ । यो प्रतिरोधक क्षमता वा भ्याक्सिनबाट विकास गर्न सकिन्छ । सामान्य अर्थमा भन्दा यो भाइरसविरुद्ध लड्ने क्षमता मानिस स्वयम्ले गर्ने अवस्था हो । उदाहरणको लागि निमोनिया र मेनिन्जाइटिस जस्ता रोगको भ्याक्सिन दिएर बच्चामा यसको प्रतिरोधात्मक क्षमता विकास हुन्छ । यसको प्रतिफलमा बच्चालाई उक्त रोग लाग्दैन ।

धेरै मानिससँग रोगसँग लड्नसक्ने क्षमता पर्याप्त हुँदैन। यस्ता किसिमका सरूवा रोगसँग लड्नका लागि सबैभन्दा पहिला चाहिने भनेको प्रतिरोधात्मक क्षमता नै हो। त्यसैले त्यस्ता रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा विभिन्न तरिका अपनाएर रोग प्रतिरोधत्मक क्षमताको अभिवृद्धि गर्नु नै ‘हर्ड इम्युनिटी’ हो । जस्तै- पहिले नै विकास भइसकेका भ्याक्सिन तथा औषधिको प्रयोगले यस्तो क्षमता विकसित गरिन्छ ।

उदाहरणका लागि‚ यदि ८० प्रतिशत मानिसमा यस्ता किसिमका रोगहरूसँग लड्न सक्ने क्षमता पर्याप्त मात्रामा छ भने बाँकी मानिसमा यसको असर देखिए पनि पुरै समुदायमा यस्ता किसिमका संक्रमणहरूको ठूलो असर देखिँदैन। र संक्रामक रोगहरूलाई नियन्त्रण गर्ने यो नै अहिलेको सबैभन्दा राम्रो उपाय हो।

भाइरस कत्तिको संक्रामक छ भन्ने कुराले पनि धेरै ठूलो भूमिका खेलेको हुन्छ। हर्ड इम्युनिटी प्राप्त गर्नका लागि करीब ७० देखि ९० प्रतिशत जनसंख्यासँग रोग प्रतिरोधात्मक क्षमता पर्याप्त मात्रामा हुनुपर्ने हुन्छ।

कसरी काम गर्छ हर्ड इम्युनिटीले ?
यदि मानिससँग कुनै रोगप्रति प्रतिरोधक क्षमता छ उसलाई रोगले केही पनि गर्न सक्दैन । विशेषज्ञहरुका अनुसार, कोभिड-१९ को सन्दर्भमा यदि ६० देखि ८५ प्रतिशत जनसंख्यामा यसको प्रति इम्युनिटी आयो भने यसलाई हर्ड इम्युनिटी गर्दछ । डिप्थीरियामा यो तथ्यांक ७५ प्रतिशत हुन्छ भने पोलियोमा ८० देखि ८५ प्रतिशत र मिजल्समा ९५ प्रतिशत हुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय