scheduleमगलवार जेष्ठ १३ गते, २०७७

गण्डकी प्रदेशमा उद्योग र कृषिको काम गर्न नयाँ मापदण्ड

कास्की, १८ वैशाख । गण्डकी प्रदेशले लकडाउनका कारण रोकिएका विकास निर्माणका कामलाई पुनः सुरु गर्न नयाँ मापदण्ड बनाएको छ । प्रदेश संकट व्यवस्थापन केन्द्रको सोमबारको बैठकले नयाँ मापदण्ड बनाएको हो ।

लकडाउनको समयमा अत्यावश्यक उद्योग, विकास निर्माण र कृषि उत्पादनलाई सुरु गर्न बनाएको मापदण्ड प्रदेशका ११ वटै जिल्लाका प्रशासन कार्यालयले लागु गराउनुपर्नेछ ।

बैठकले निर्माण व्यवसायी र उद्योग व्यवसायीले१६ बुँदे मापदण्ड पालना गर्नुपर्नेछ । ठूला तथा साना विकास निर्माण आयोजनामा मजदुरलाई आयोजना स्थलभित्रै खाना, बस्न र शौचको व्यवस्था सहित काम थाल्न दिने निर्णय पनि भएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

Dish_Home

बैठकको निर्णय अनुसार निर्माण व्यवसायीले खानेपानी, ढल, सिँचाई, पूल, कल्भर्ट, खहरे नियन्त्रण, विद्युत पोल लगायतका काम गर्न पाउँछन् । यस्तै, ढुंगा, गिटी, बालुवा, माटो, तारजाली, रड, सिमेन्ट, निर्माण सामाग्री, निर्माण उपकरणको ढुवानी गर्न पाउनेछन् । ढुवानी सम्भव भएसम्म रातमा वा समय तोकेर व्यवस्थापन गर्न भनिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय