scheduleआइतवार आश्विन ११ गते, २०७७

युवाहरुको पुनःर्परिभाषामा ‘सेक्सी’


एजेन्सी, १९ वैशाख । बितेका दशकहरुमा अन्डरवेयरमा कति परिवर्तन आएको छ भन्ने कुरा थाहा पाउन चाहनुहुन्छ भने सेरेना रेसको यात्रालाई एकपटक हेर्नुहोस् । १९९० देखि २००० को सुरुवातमा रेसले एजेन्ट प्रोभोकेच्योरबाट व्यापक अन्तराष्ट्रिय सफलता हासिल गरिन् । एजेन्ट प्रोभोकेच्योर कम्पनी सेरेना र उनका श्रीमान् जोसेप कोर्रीले १९९४ मा स्थापना गरेर २००७ मा १० करोड युरोमा बेचेका थिए ।

त्यतिबेला  एजेन्ट प्रोभोकेच्योर महिलाहरुको लागि भ्याम्भी स्टाइलका लक्जरी लिंगेर अर्थात् बिकिनी र हाई ओक्टा ग्लामर बनाउनका लागि चर्चित थियो ।

रिसले आफ्ना बच्चाहरु र उनीहरुका साथीभाइहरुको संघर्ष र प्राथमिकतालाई देखेर आउने नयाँ दशकमा एजेन्ट प्रोभोकेच्योरले प्रदान गर्दै आएको फेसनभन्दा अब नयाँ फेसनको आवश्यकता रहेको कुरा उनले अनुभूति गरिन् ।

‘१९९० को समय फरक थियोः त्यो समय हामी सेक्सी हुनु र हाम्रो यौनिकतालाई अभिव्यक्त गर्नु राम्रो मान्थ्यौं । तर अहिले सबै कुरा परिवर्तन भईसकेका छन् ।’ रिसले बीबीसी डिजाइनसँग भनिन्, ‘हामी अर्कै दिशातर्फ धेरै टाढा गईसकेका छौं । सामाजिक सञ्जालमा युवा महिला र पुरुषहरु अवास्तविक शरीर सृजना गरिरहेका छन् ।’

समलिङ्गी केटी र समलिङ्गी केटाहरुले सबैका रेन्जको अन्डरवेयरलाई ‘स्ट्रिट टु बेड’ भनेर व्याख्या गर्छन् जसलाई आउटरवेयरको रुपमा सबैले लगाउन सक्छन् ।

हेर्दा सुन्दर, लगाउँदा कुल र क्याजुएल, सेक्सीनेसलाई शान्त बनाउँछ यस्ता रेन्जका अन्डरवेयरले । रिसले यो डिजाइन नयाँ पिँढीका लागि बनाएको बताइन् जो सबै कुरा साझा गर्छन् । ‘यो फरक दृष्टिकोण भएको एउटा समूहको कुरा हो, एउटा सामूहिक युवा जमातको लागि हो जसले आफ्ना सबै भावनाहरु साझा गर्छन्, माया, मित्रता केटा होस् वा केटी भिन्नता नदेखी सबैमा साझा गर्छन्,’ रिसले भनिन्, ‘अहिले यौनिकता स्वतन्त्र छ जुन एकदमै राम्रो कुरा हो ।’

ह्यास ट्याग मिटुपछाडिको युगमा, यौनिकतालाई जसरी हेरिएको छ, प्रस्तुतिमा जस्तो परिवर्तन ल्याइएको छ । त्यसका लागि फेमिनिस्ट तथा एजीबीटीक्यू ग्रुपहरुबाट देखाइएको सक्रियता, हाईप्रोफाइल सेलिब्रेटीहरुको धारणा सबैप्रति आफू धन्य रहेको रिस बताउँछिन् ।

अहिलेसम्मको संस्कृतिक तथा सामाजिक परिवर्तनहरुलाई दर्शाउन अन्डरवेयर सबैभन्दा राम्रो आधार भएको डा. रेबिका आर्नोल्ड बताउँछिन् । काउर्टल्ड इन्स्टिच्यूट अफ आर्टमा हिस्ट्री अफ ड्रेसकी सिनियर लेक्चरर हुन् उनी ।

बीबीसी डिजाइनसँग उनले भनिन्, ‘मलाई लाग्छ यी दुवै कुरा एकअर्कोको प्रतिरुप हुन्, र शरीर निर्माणको हिस्साहरु हुन् । लिंग, नैतिकता र यौनिकताको समसामयिक धारणा हुन् ।’

दुई विश्वयुद्धको बीमा महिलाहरुले कोरसेट्स लगाउन अस्वीकार गरे त्यो एउटा उदाहरण हो । उनी अगाडी भन्छन्, ‘त्यसको सट्टामा महिलाहरुले नरम र खुल्ला अन्डरवेयर रोजे जुन उनीहरुको नयाँ र एकदमै सक्रिय जीवनशैलीसँग मिल्न आयो ।’

यो शताब्दीको बितेको एक चौंथाई वर्षसम्म महिलाहरुमाझ यौनाकर्षणका लागि पुस अप ब्रा रोजाईको वस्तु थियो तर अहिले पुस अप ब्राको बिक्री घट्दै जाँदैछ । बितेको १२ महिनामा यस्तो स्टाइलको खोजीमा ३३ प्रतिशतले कमि आएको छ र यही ट्रेण्ड अब निरन्तर जाने अनुमान गरिएको फेसन सर्च इन्जिन लाइस्टले बताएको छ । उक्त सर्च इन्जिनको अनुसार पुस अप ब्राको सट्टा अहिले अन पेडेड ब्रा अर्थात् ब्रलेटको माग ह्वात्तै बढेको छ ।

भिक्टोरिया सेक्रेट नामको हाई प्रोफाइल अन्डरवेयर तथा ब्रा मेन्युफेक्चर कम्पनीले भने फेसको मुडमा आएको यो परिवर्तनलाई गलत व्याख्या गरेको छ । उसले वर्षेनी आयोजना गर्दै आएको फेसन शो पनि गत वर्ष रद्द गर्‍यो ।

त्यसयता उक्त उक्त शोका धेरै मोडलहरुले ब्राण्डको बारेमा विधिन्न अभिव्याक्ति दिएका छन् । यिनै मध्ये पर्छिन् एक बेला हादिद, उनी भन्छिन्, ‘भिक्टोरिया सेक्रेटको मोडलको रुपमा मैले कहिले आफूलाई शक्तिशाली आभाष गरिन ।’

यस्तै कार्ली क्लोस भन्छिन्, ‘तपाई यो कहिले नसोच्नुहोस् कि ऐनामा तपाईको जुन अनुहारको छायाँ पर्छ त्यो नै तपाईको पहिचान हो भनेर र म विश्वभरीका युवा महिलाहरुलाई यहीँ सन्देश दिन चाहान्छु कि सौन्दर्यता अर्थ के हो । ’

भिक्टोरिया सेक्रेटका पूर्व मार्केटिङ प्रमुख एद राजिकले भोग डट कमसँग २०१८ मा कुरा गर्दै भनेका थिए कि उनलाई तेस्रो लिङ्गी मोडलहरुमा कुनै रुची छैन । उनले टिभीको क्याटवाक शोमा विभिन्न शेप तथा साइजका मोडलहरु प्रस्तुत गर्न आफू इच्छुक नभएको अभिव्याक्ति दिएका थिए । त्यसको केही समय पछि २०२० को फेब्रवरीमा उक्त कम्पनी एउटा प्राइभेट इक्युटी फर्ममा बेचिनु पर्‍यो । जसको कारण थियो बिक्रीमा गिरावट र महिनौंसम्म स्टोर बन्द हुनु ।

एडिटेड वेबसाइटको अनुसार लिङगेर बजार बढ्ने क्रममा छ तर स्थापित ब्राण्डहरु भने हराउने क्रममा छन् र ती ब्राण्डहरु तबसम्म सुस्ताउने छन् जबसम्म उनीहरुले फेसनमा आएको नयाँ परिवर्तनलाई क्याच गर्न सक्दैनन् ।

‘बितेका केही वर्षहरुमा देखिएका विभिन्न सामाजिक तथा संस्कृतिक आन्दोलनहरु जस्तै बडी पोजिटिभिटी, समावेशिता, स्थिरता र विविधता यी सबै कुराले लिङगेर मार्केटमा ठूलो प्रभाव पारेको छ । यसकारण सेक्सी देखिनु अब कुनै प्राथमिकतामा रहेन,’ लेस्टका मोर्गान लि केयर भन्छन् ।

‘महिलाहरुले स्थापित ब्राण्डहरुलाई बहिष्कार गर्न थाले । उनीहरु एउटा साझा मान्यतामा अडिएर बनेको बलियो समुदायले विकास गरेको सुझबुझको पक्षमा देखिन थाले । महिलाहरु त्यस्ता लिंगेरहरु खोज्न थाले जसले उनीहरुलाई सधै सजिलो र आनन्द महसुस गराउन सकोस्,’ उनी भन्छन् ।

नयाँ नयाँ लिंगेरको आन्दोलन भनेको शारीरिक सुख र आत्मविश्वासको लागि हो । अहिले बजारमा आईरहेका लिंगेर ब्राण्डहरुले विज्ञापनमा विभिन्न शारीरिक आकारका मोडलहरु प्रयोग गर्न थालेका छन् जसमा अन रिटच्ड अर्थात् एडिटिङ नगरिएका फोटोग्राफीहरु प्रयोग हुन्छन् ।

सेक्सीको पुनर्परिभाषा

अब एउटै छालाको रंगले मात्र नग्नतालाई प्रतिनिधित्व गर्दैन र अब यो सबै प्रकारको शरीरमा उत्तिकै प्राथमिकता साथ देखाइने कुरामा सहमति जनाउँछिन् नेट ए पोर्टरका फेसन मार्केट इडिटर लिब्बी पेज ।

‘अहिले आईरहेका लिंगेर ब्राण्डहरुले सबै किसिमका रंग, रुप र आकार प्रकार भएका महिलाहरुको साइजको प्रोडक्टहरु उत्पादन गरिरहेको देखिन थालेको छ । ती ब्राण्डहरुले सबै साइजका महिलाहरुको शरीरलाई सम्मान दिएका छन् ।’ पेजले भनिन् । देशभित्रका डिजिलट ब्राण्डहरुले नयाँ सन्देशसँग परिवर्तन भित्राइरहेका छन् । ‘यी ब्राण्डहरुले लिंगेर मार्केटभित्रै सेक्सी शब्द र यसको अवधारणलाई पुनर परिभाषित गरेका छन् ।’

उनले नयाँ आउन लगेका ब्राण्डा अराक्स र लोन्लीहरुको उदारहण दिइन् । साथै रिसको ब्राण्डको पनि उदाहरण दिइन् । न्युजील्याण्ड आधारित ब्राण्ड हो लोन्ली जसले सबै साइजका मोडलहरुको एडिट नगरिएका तस्विरहरुको प्रयोग आफ्नो विज्ञापनमा गर्दैछन् । उसले ती तस्विरहरुलाई व्याख्या गर्दै भनेका छन्, ‘ती महिलाहरुका लागि जसले आफैलाई लेखेको प्रेमपत्रको रुपमा लिंगेर लगाउँछन् ।’

रिहाना अन्डरवेयर ब्राण्ड स्याभेज एक्स फेन्टीले प्लस साइज मोडलहरु आफ्नो विज्ञापनमा समावेश गरेका छन् । २०१८ मा सुरु भएको उक्त कम्पनीले विभिन्न किसिमका शारीरिक ढाँचा र आकार भएका नग्न महिलाहरुको तस्विर प्रयोग गर्दै आएको छ । त्यसपश्चात यो ब्राण्डले भिक्टोरिया सेक्रेट लगायत अन्य धेरैओटा हाई स्ट्रिट ब्राण्डहरुको मार्केट शेयर पनि कब्जा गर्यो ।

२०१९ को सेप्टेम्बरमा स्याभेज एक्स फेन्टीले पहिलो लाइभ शो न्यूयोर्कमा आयोजना गर्यो । एमेजन प्राइममा उक्त शोको लाइभ स्ट्रिमिङ पनि भएको थियो । बेला र गिगि हादिदले पनि उक्त शोमा देखिने थिए होला तर त्यो शो भिक्टोरिया सेक्रेटको थिएन । उक्त शोमा सबै अकार, ढाँचा, जात, धर्म र समुदायका मोडलहरुलाई समावेश गरिएको थियो ।

‘सबै महिलाहरुले सेक्सी अनुभव गर्न पाउँछन् । हामी सबै सेक्सी छौं, हामी बहुआयामिक छौ्र र एउटा महिलाले यी सबै कुरालाई अंगाल्नुपर्छ,’ शोको सुरुवातमा रिहानाले भनेकी थिइन् ।

तर अन्डरवेयरको नियममा परिवर्तन भए पनि आफ्नोे शारीरिक बनावटलाई परिवर्तन गर्ने महिलाहरुको भोक भने परिवर्तन नभएको आर्नोल्ड सम्झाउँछिन् । ‘एउटा अवधिभरीमा अन्डरवेयरको प्रयोजन जसरी धेरै बने त्यो एकदमै रोचक छ,’ उनी भन्छिन्, ‘ट्रेण्ड नरम र सजिलो अन्डरवेयरतिर जादैँछ तर सेपवयर लगाउने, प्लास्टिक सर्जरी गर्ने, जिम जाने ट्रेण्डले महिलाहरुमा अझै पनि शारीरिक ढाँचालाई परिवर्तन गर्ने भोक रहेको देखिन्छ र यो सधै रहने छ कहिल्यै पनि हराउने छैन । सामसामयिक आर्दश र प्रविधिहरु परिवर्तन हुनेछन् ।’

२०२० मा लिस्टको सेपवयर ठूलो ट्रेण्डमा छ । बेलायती फेसन डिजाइनर भिभाइनी वेस्टवूडले डिजाइन गरेका कोरसेट्सको माग अहिले अझ धेरै गुणाले बढेको छ । बेला हादिद, एफकेए ट्वीग्स र माइली साइरसले यी कोरसेट लगाए पछि यसको माग अत्याधिक बढेको छ । विश्वमा सेपवयर मार्केट तिब्र रुपमा बढिरहेको छ । किम कार्दासीनले लन्च गरेको चर्चित सेपवेयर, स्किम्स २०१९ सेप्टेम्बरमा लन्च भएको केही मिनेटमा नै बिक्री भएर सकिएको थियो ।

तर किम कार्दासीनको यो ब्राण्ड पनि लेस गर्ल लेस ब्वाइज र स्याभेज एक्स फेन्टीको जस्तै सबैको लागि बनेको प्रोडक्ट थियो । यो विभिन्न सेप साइजका मोडलहरुलाई समेट्ने ब्राणड थियो । कार्दासिनले आफ्नी आमा र जेलका पूर्व मित्र एलिस मेरि जोनसनसम्मलाई ठिक हुने ब्राण्ड तयार गरेकी थिइन् ।

अन्डरवेयर मार्केटमा आईरहेको यो परिवर्तनका कारण लिंगेर लगाउनेहरु सबैले अरुको आँखामा जस्तो सुकै देखिए पनि आफ्नो आखाँमा आफूलाई सुन्दर देख्न थालेको बताउँछिन् लिंगेर ब्राण्ड बेईजा डट लण्डनकी संस्थापक मेजी फिसर । ब्राण्डको सौन्दर्यताको आधार अहिले सजिलो र समावेशी लिंगेरहरु बनेका छन् ।

गत वर्ष बेइजा डट लण्डनले एउटा अभियान सुरु गरेको थियो जसमा उले विभिन्न २७ साइजका २७ जना महिलाहरु फिचर गरेको थियो । यसको उदेश्य लिंगेर कति समावेशी हुन्छ भन्ने कुरा प्रदर्शन गर्नु थियो ।

‘हामीलाई यस्तो किसिमको लिंगेर ब्राण्डको स्थापना गर्न आवश्यक छ जसमा सबै किसिमका महिलाहरुले स्वागत भएको महसुस गर्न सकुन्, सबै महिलाहरुले मनाउन र रमाउन सकुन् । पुरुषको दृष्टिकोणमा आधारित रहेर बनाइएको कमर्शियल्ली अट्रयाक्टिभको धारणालाई उनीहरुले चिरेर अघि बढ्न सकुन् । हामी लिंगेर मार्केटमा स्वस्थ सपिङको बातावरण सृजना गर्न चाहन्छौं,’ फिचरले भनिन् ।

‘हामो प्रोडक्ट सधै नग्न मोडलद्वाार बेचिन्छ, लिंगेर ब्राण्डले सधै युगचेनालाई दर्शाउँछ,’ ब्राण्डको सहसंस्थापक मिरान्डा सहमति जनाउँछिन् ।

‘अहिलेको राम्रो कुरा के छ भने लिंगेर बजारमा हरेक आकारहरुले पहिचान पाएका छन् जसमा सबै किसिमका महिलाहरुले आफ्नो झलक र आफ्ना लागि ठाउँ पाएका छन् । हाम्रो सामाजिक मनोवृतिलाई सुहाउने लिंगेर ब्राण्ड पाएका छन्,’ उनी भन्छिन्, ‘केही महिलाहरु अझै पनि पुसअप ब्रा मन पराउँछन् जुन सर्व स्विकार्य छ त्यसमा कसैले मूल्यांकन गर्ने छैन ।’

यौन अझै बेचिन्छ तर बेच्दै गर्दा लगाउनेलाई सशक्तिकरण गर्ने तरिकाले यसलाई प्रस्तुत गर्नुपर्छ । परम्परागत शैलीमा कुनै पुरुषको वा यथास्थितिको आँखालाई खुशी पार्न होइन । सेरेना रिस भन्छिन्, ‘यो हाम्रो बुझाईको कुरा हो की हामीलाई मान्यता दिने अधिकार हामीलाई मात्र छ र यो नै परिवर्तन हो । सेक्सीपना भनेको आफैंमा सहजता र आत्मविश्वास पाउनु हो ।’

बीबीसीबाट लिब्बी ब्याङ्क्सको रिपोर्ट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय