scheduleसोमवार जेष्ठ १२ गते, २०७७

आइसोलेसनमा रहेका ५ जनामा कोरोना नभएको पुष्टि

पर्वत, १९ वैशाख । पर्वतको पैयुँ गाउँपालिकाका ५ जनामा कोरोना नभएको पुष्टि भएको छ । पर्वत अस्थायी कोरना अस्पतालको आइसोलेसनमा भर्ना भएका ५ जनाको हिजो स्वाव परिक्षण गर्न पठाईएकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेगेटिभ रिपोर्ट दिएको हो ।

अस्पतालमा भर्ना गरीएका ५ जना बैशाख १४ गते गाउँपालिका प्रबेश गरेको हुनाले उनीहरुको स्वाव परिक्षण गरिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । उनका अनुसार ५ जना मध्ये चार पुरुष र एक महिला रहेका छन् । उनिहरु पैयुँ गाउँपालिका वडा नम्बर ३ र ५ का बासिन्दा हुन ।

Dish_Home

पैयुँ गाउँपालिका वडा नम्बर ३ बेउलीबासका २९ बर्षिय पुरुष, २७ बर्षिय महिला र २३ बर्षिय पुरुष रहेका छन् भने वडा नम्बर ५ चिसापानिका एक २२ बर्षिय र अर्का २० बर्षिय पुरुष रहेका छन् । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय