scheduleबुधवार आश्विन ७ गते, २०७७

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव भेटियो

फाइल फोटो

कास्की, १९ वैशाख । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ ।

यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला परेको हो । आज नेपाली छिरिङ भोटे र अर्का एक कोरियन पर्यटकको शव भेटिएको हो । चार दिनदेखि बेपत्ताको खोजीमा रहेको नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीसहितको टोलीले बेपत्ता उनीहरुको शव भेट्टाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

उनीहरुको शव ल्याउनका लागि सेनाको हेलिकोप्टर तयारी अवस्थामा रहे पनि मौसमको प्रतिकूलताका कारणले घटनास्थलमा जान नसकेको प्रवक्ता केसीले जानकारी दिए।

गर्मीयाम शुरु भएसँगै घटनास्थलमा जमेको बाक्लो हिउँ पग्लन थालेपछि पहिरोमा परेका अन्यको यसअघि विभिन्न मितिमा शव भेटिएको थियो । अन्नपूर्ण पदयात्राको क्रममा तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा पर्यटक र नेपाली पथप्रर्दशक हराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय