scheduleशनिवार जेष्ठ १७ गते, २०७७

प्रधानमन्त्री ओलीले विहान साढे दुई बजे लेखे कविता – अब आँसु खसाउनु पर्दैन

काठमाडाैं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान साढे दुई बजे एक कविता लेखेका छन् । ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकमा प्रधानमन्त्री ओलीले लेखेको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका हुन् ।

ओलीले लेखेको कविता यस्तो छः

Dish_Home

अब आ‌ँसु खसाउनु पर्दैन

 

अब आ‌ँसु खसाउनु पर्दैन

रगत बनाउनु पर्दैन

नेपाली मन अब फुट्दैन

राष्ट्रिय एकता टुट्दैन

शान्ति अब यहाँ मर्दैन

नेपाली मर्न पर्दैन

बढ्यो नेपाल अब बढ्यो अघि

विकासमा पछि पर्दैन

गणतन्त्र हो यो गणतन्त्र

सार्वभौम जनताको जनतन्त्र

अब आ‌ँसु खसाउनु पर्दैन ।

०००

सामाजिक न्याय र समानता

अधिकारसम्पन्न जनता

मेची-काली, पहाड-तराई

निर्भय वातावरण सुरक्षित नारी

अब आधुनिकतामा बढ्यो नेपाल

गणतन्त्र हो यो गणतन्त्र

सार्वभौम जनताको जनतन्त्र

अब आ‌ँसु खसाउनु पर्दैन ।

०००

फाटोका खेती कुहिन्छन्

स्वार्थी हिंसा तुहिन्छन्

अब चेलीका चुरा फुट्दैनन्

कोही टुहुरा पर्दैनन्

गणतन्त्र हो यो गणतन्त्र

शक्तिका स्रोत जनताको

जनतन्त्र हो यो जनतन्त्र

अब आ‌ँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन ।

 

१ मे २०२०

विहान २ः३० बजे

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय