scheduleशनिवार जेष्ठ १७ गते, २०७७

मजदूर र मजबुरी

कविता
शिखर दुलाल

आज मजदूर दिवस
मजदुरी नभएपछि पेटले चाराे हराएकाे छ ।
छट्पटीले मनभरि गाराे लगाएकाे छ ।
काेराेना खै कहाँ छ देख्दिनँ
म आँखै नदेख्ने त भएकाे हाेला याे बेला
ठालुहरु महल भित्र गध्धावाल साेफामा बसेर
भन्ने गर्छन्, घरभित्रै बस
निस्कनेहरुलाई पुलिस पठाउछु भन्छ ।

म त ठेला ठेलेर चिउरा किन्ने मान्छे
ठेलाका चक्काहरुमा ताल्चा लागेदेखिनँ
छानाे चुहिएकाे मतानमा भिज्दै
एक खिली सुल्फाले ज्यान पालेकाे छु ।
मेरी अर्धाङ्गिनीले माड नपिएकाे
एक महिनै भै सक्याे
छाेरा छाेरीले भटमास नचपाएकाे
एक हप्तै भै सक्याे
सरकार अस्सी कराेडकाे राहत
बाँडेकाे बखान गर्छ
मेराे र मेराे मजदुरीकाे गिल्ला गर्नेहरु
घर भित्रै काेराेनाका बोतल ठड्याई रहेछन्
र मस्त मातेका तस्बिरमा झुल्किन्छन्
फेसबुकहरुका भित्ताहरुमा ।

म पाखुरीमा बाँचेकाे मान्छे
मेरा पाखुराहरु अशक्त हुन थालेका छन्
मेरा गाेडाहरु ऐठन हुन थालेका छन्
हे ठालु महाशय
अझै
तिम्राे रेडियाेले घरै बस्ने समाचार फुक्दैछ
हामी मजदूरकाे ज्याला खै किन सुक्दैछ
तिम्रा राहतकाे लिस्टमा
काे काे मजदूरहरु परे खै ?
ढाक्रेहरु भारी बिसाएका कैदि भएका छन्
कारखानाहरु बन्द छन्
कामदारहरु भाेकाएका रैति भएका छन् ।
मजदूरका छाेराछाेरीहरु
छानीछानी मलिलाे माटै खान खाेज्दैछन्
झारपात र काेक्याउने तरुल राेज्दैछन् ।
लाैन सक्छाै भने
एउटा राहतकाे पाेकाे मजदूरलाई पनि
छुट्याई देऊ ।
८० कराेडकाे राहतकाे थाेरैमात्रै भएपनि त मान राखिदेऊ ।
सरकार तिम्राे कुर्सीमा तिमी नै बस
तिम्राे लकडाउन मै खेपुँला बरु
केवल
निभेकाे चुलाे एकपटक सल्काई देउ
अबाेध सन्तानका ती आँखामा क्षणभरलाई भए पनि
खुशीकाे पर्दा फरकाई देऊ ।

Dish_Home

(हालः नर्थ क्याराेलाइना, अमेरिका)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय