scheduleबुधवार आश्विन ६ गते, २०७८

इरफानको निधनपछि पत्नी सुतापाले दिइन् भावुक अभिव्यक्ति


एजेन्सी, २० वैशाख । अभिनेता इरफान खानको निधनपछि उनकी श्रीमति सुतापा र दुई छोराहरु बबिल र अयानको आधिकारिक वक्तव्य आएको छ ।

उक्त वक्तव्यमा भनिएको छ, ‘हामी यसलाई पारिवारिक धारणा कसरी भन्न सक्छौं जब पूरै विश्वले यसलाई व्यक्तिगत नोक्सानी मानिरहेका छन् । हामी एक्लैले कसरी महसुस गर्न सक्छौं जब लाखौं मानिसहरु हामीलाई सान्तवना दिईरहेका छन् । हामी एक्लो कसरी महसुस गर्न सक्छौं जब लाखौं मानिसहरुले हामीलाई सान्त्वना दिइरहेका छन्, हामीसँग उभिएका छन् । हामी सबैलाई भन्न चाहन्छौं हामीले केही गुमाएका छैनौं हामीले पाएका छौं । हामीले त्यो कुरा पाएका छौं जुन हामीले उनीबाट सिकेका छौं ।’

इरफानकी श्रीमती सुतापाले भनिन्, ‘मलाई गुनासो लागेको एउटै कुरा मात्र छ उनले मलाई जीवनभरीको नोक्सानी दिए । पर्फेक्सनप्रतिको उनको रुचीको कारण उनले मलाई कुनै चिज पनि सामान्य गर्न दिएनन् । उनले सबै कुरामा एउटै लय देख्थे । यसै कारण हाम्रो जीवन अभिनयको मास्टर क्लास हो जब एउटा नबोलाएको पाहुनाले प्रवेश गर्‍यो तब सिकियो कि कसरी सामन्जस्यता बनाउनुपर्छ ।’

उक्त वक्तव्यमा इरफानको उपचार गर्ने धेरै चिकित्सकहरुलाई धन्यवाद ज्ञापन दिइएको छ ।

सुतापा र इरफानको विवाह भएको ३५ वर्ष भईसकेको छ । यो यात्रा शानदार, रोमान्चक र दर्दनाक भएको उनले बताइन् ।

उनले अगाडि भनिन्, ‘हाम्रो विवाह थिएन एउटा संगम थियो । म मेरो सानो परिवारलाई हेर्छु, मेरो दुवै छोरा बाबिल र आयानको साथ । इरफान ती दुबैलाई हिंड्न सिकाउँदै भन्थे, त्यहाँबाट हैन यहाँबाट हिँड भनेर, तर जीवन सिनेमा होइन न यहाँ कुनै रिटेक हुन्छ ।’

सुतापा अगाडि थप्छिन्, ‘आखाँबाट आँशु बग्छ । हामी रातिको रानीको बिरुवा लगाउने छौं जुन उनको सबैभन्दा मन पर्ने थियो । त्यो ठाउँमा जहाँ उसले जितेको यात्रा सधैं रहनेछ । यसलाई समय लाग्नेछ, तर यो फुल्नेछ र बासना फैलाउनेछ, बासनाले ती सबैलाई छुनेछ जसलाई मैले उनको प्रशंसक होइन परिवार ठानेको छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय