scheduleबुधवार जेष्ठ १४ गते, २०७७

११ दिनमा कोरोना निको हुने औषधि प्रयोगका लागि अमेरिकाको स्वीकृति

कोरवासिङ्गटन, २० वैशाख । कोरोना महामारीले संसारलाई नै त्राहिमाम बनाइरहेको बेला अमेरिकाबाट खुसीको खबर सार्वजनिक भएको छ । त्यहाँको खाद्य तथा औषधि प्रशासन एफडीएले कोभिड-१९ विरुद्धको रेम्डिसिभियर नामक औषधि प्रयोगलाई आपतकालीन अनुमति दिएको छ । यो औषधि कोरोना संक्रमण पुष्टि भइसकेका बिरामीका लागि मात्र प्रयोग अनुमति दिइएको हो ।

क्लिनिकल अध्ययनको प्रारम्भिक परिणामले कोरोना संक्रमितहरु यो औषधि सेवनपछि छिट्टै निको भएको पाइएपछि एफडीएले औषधि प्रयोगका लागि अनुमति दिएको हो । यो एकप्रकारको एन्टीभाइरल विरुद्धको औषधि हो, जसलाई कोरोनाविरुद्ध अहिलेसम्म सबैभन्दा प्रभावकारी औषधि मानिएको छ ।

Dish_Home

एफडीएका कमिश्नर स्टेफन हानका अनुसार कोभिड-१९ का अस्पतालमा उपचाररत बिरामीहरुका लागि औषधि उपलब्ध हुनेछ । यसअघि नेशनल एन्स्टीच्युट अफ हेल्थको क्लिनिकल परीक्षणबाट उत्साहजनक परिणाम आएको खबर सार्वजनिक भएको थियो । त्यसको दुई दिनपछि एफडीएले औषधि प्रयोगका लागि आपतकालीन अनुमति दिएको हो ।

खाद्य तथा औषधि प्रशासन एफडीए यसअघि कोरोनाविरुद्ध मलेरियाको औषधी क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनलाई आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएपछि पछि यो औषधिको प्रयोगबाट बिरामीको मुटुको चालको समस्यादेखिएको थियो ।

क्लिनिकल परीक्षणमा पछिल्लो औषधिको प्रयोगबाट बिरामीहरु ११ दिनमा नै निको भएको नेशनल एन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजको अध्ययनले देखाएको छ । यो औषधि प्रयोग नगरेका बिरामीहरु निको हुन १५ दिन लागेको पाइएको थियो भने औषधि प्रयोग गर्नेहरु ४ दिन अगाडि नै निको भएको अनुसन्धानबाट भेटिएको छ ।

औषधि उत्पादनकर्ता कम्पनीले प्रकाशन गरेको एक प्रतिवेदनमा यो औषधिको कम्तिमा ५ दिनको डोज प्रयोग गरेका ५० प्रतिशत बिरामीमा उल्लेख्य सुधार देखिएको छ । यो औषधिको क्लिनिकल परिक्षण कोरोनाबाट संक्रमित भएका गम्भीर ३९७ बिरामीहरुमा गरिएको थियो ।

सार्वजनिकरुपमा प्रयोगका लागि यो औषधिको ५ वा १० दिनको डोज तयार पारिने कम्पनिले जनाएको छ । यसको उत्पादनका लागि गरिएको अध्ययनमा अहिलेसम्म ५० मिलियन डलर खर्च भइसकेको छ ।

कम्पनीले मे महिनाको अन्त्यसम्ममा डेढलाखभन्दा बढी १० दिने डोजका औषधीहरु उत्पादन गर्न सक्ने जानकारी दिएको छ । हालका लागि भने यो औषधि आईभीमार्फत् अस्पतालमा भर्ना भएका बिरामीलाई मात्र दिन सकिने कम्पनिले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय