scheduleशनिवार जेष्ठ १७ गते, २०७७

प्रधानमन्त्रीपछि नेकपा नेता भीम रावलको यस्तो कविता

काठमाडौं,  २० बैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेकपा नेता भीम रावलले कविता लेखेर सार्वजनिक गरेका छन् । हिजै प्रधानमन्त्री केपी ‌ओलीको कविता पनि सार्वजनिक भएको थियो ।

भीव रावलको कविता यस्तो छः

Dish_Home

श्रमको रक्षा होस्

संसारकै मजदूर एक हौं भन्ने भावना नटुटोस्
कम्युनिष्ट पार्टी श्रमिकको झण्डा कहिल्यै नझुकोस्,
पइतालाहरु नचिरिउन् कस्कै वासस्थान खोजीमा
देशको धन नपरोस् कहिल्यै भ्रष्टको गोजीमा ।

एकता सधैं सवल बनोस् सामुहिक बुद्धि होस्
मिलेर बढ्ने देशकै लागि इमानदार सुद्धी होस्,
टुट्ने र फुट्ने मनसाय जति सबै नै नष्ट हुन्
नेपाल आमा श्रमिकसँगै सदैव खुशी हुन् ।

 

प्रधानमन्त्री केपी ओलीको कविता पनिः

प्रधानमन्त्री ओलीले विहान साढे दुई बजे लेखे कविता – अब आँसु खसाउनु पर्दैन

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय