scheduleशनिवार जेष्ठ १७ गते, २०७७

उत्तरी धुव्रमाथि ओजोन लेयरको प्वाल बन्द


एजेन्सी, २० वैशाख । मार्च महिनाको उत्तरार्धतिर कोपरनिकस एटमस्फियर मोनिटरिङ सर्भिसका वैज्ञानिकहरुले आर्कटिक क्षेत्रको माथि एउटा ठूलो खाली ठाउँ देख्यो । ती वैज्ञानिकहरुले हालसम्म वायूमण्डलमा त्यति ठूलो फाँट देखेका थिएनन् ।

त्यो लगत्तै एउटा ठूलो प्वालमा परिणत भयो । उत्तरी गोलार्द्धमा यति ठूलो प्वाल हालसम्म कसैले देखेका थिएनन् । त्यसको आकार ग्रिनल्याण्डको बराबर थियो र यसकै कारण पोलर आइसक्यापको सतह फैलिएको थियो ।

२३ अप्रिलमा एउटा शुभ खबर आयो । सीएएमएसले ट्वीटमार्फत २०२० को मार्चमा उत्तरी गोलार्धमा ओजन सतहमा ठूलो प्वाल देखिएको थियो त्यो बन्द भएको जानकारी दिएको छ ।

Dish_Home

सीएएमएसको अनुसार लगातार बढिरहेको उक्त प्वालका कारण आकर्टिक क्षेत्रमा असामान्य मौसमको स्थिति उत्पन्न भएको थियो ।

ओजन सतहले सूर्यको हानिकारक किरणबाट पृथ्वीलाई सुरक्षा दिन्छ । पृथ्वीको धेरैजसो ओजन वायूमण्डलको माथि स्तर अर्थात् समताप मण्डलमा स्थित हुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय