scheduleआइतवारबैशाख ५ गते, २०७८

नेकपा सचिवालयको बैठक डेढ घण्टा सर्‍यो, साँझ ५:३० बजे बस्ने

काठमाडौं, २० बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक डेढ घण्टा पछि सरेको छ । पहिले दिउँसो ४ बजे बस्ने भनिएको बैठक साँझ ५ः३० बजे बस्ने गरी सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा केन्द्रीय सचिवालयकाे बैठक आज ५:३० बजे बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

नेकपाको केन्द्रीय सचिवालयको बैठकलाई महत्वका साथ हेरिएको छ । सत्तारुढ दल नेकपाभित्रको विवाद, सरकार परिवर्तनको विषय, स्थायी समिति बैठकको माग लगायतका विषयमा केन्द्रित रहेर बैठक बस्न लागेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay