scheduleशनिवार जेष्ठ १७ गते, २०७७

सचिवालयले सार्वजनिक गर्‍यो प्रधानमन्त्रीको दोस्रो कविता

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आज पनि कविता लेखेका छन् । ‘बन्छ नमूना नेपाल’ शीर्षकको उनको कविता प्रेस सल्लाहकार सूर्य थापामार्फत सार्वजनिक भएको हो ।

उनको कविता यस्तो छः

बन्छ नमूना नेपाल

Dish_Home

स्वदेशमै रोजगारी

स्वदेशमै बास

रोजिँदैन प्रवास

अब गर्ने देश विकास ।

०००

खेर जान्नन् नदीनाला

बाँझा हुन्नन् खेत

नाङ्गा हुन्नन् डाँडापाखा

यो उर्वर सुन्दर देश ।

०००

चट्टान काटी सुरुङ खोली

बन्छन् नयाँ बाटा

सुशासन र विकासको

चल्छ अभियान साझा ।

०००

बालबालिका विद्यालय

सफल अस्पताल

सबलाई सामाजिक सुरक्षा

बन्छ नमूना नेपाल ।

 

२ मे २०२० (२० बैशाख २०७७)

यो पनि-
प्रधानमन्त्री ओलीले विहान साढे दुई बजे लेखे कविता – अब आँसु खसाउनु पर्दैन

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय