scheduleबुधवार आश्विन ७ गते, २०७७

संकटमा फसेका जिल्लाबासीलाई काठमाडौंमा सघाउँदै गोर्खाली युवाहरु


काठमाडौं, २१ वैशाख । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि लकडाउन गरिएको छ । लकडाउनका कारण संकटमा फसेका जिल्लाबासीलाई केही गोर्खाली युवाहरुको पहलमा सहयोग संकलन तथा वितरण कार्यले तिव्रता पाइरहेको छ ।

गोर्खा जिल्ला क्षेत्र नम्बर १ बाट काठमाडौं आई ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका तर लकडाउनका कारण बासस्थानमै थुनिएका संकटग्रस्त गोरखालीलाई १५ दिनसम्म पुग्ने खाद्यान्न सहयोग गरिरहेको पर्यटन व्यवसायी गोपालबाबु श्रेष्ठले जानकारी दिए ।

झण्डै दुई दर्जन युवाहरुको सक्रियतामा अहिलेसम्म ५७ घर परिवारलाई चामल, दाल, खानेतेल, नुन लगायतको खाद्यान्न वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म एक लाख ८ हजार ६६३ रुपैयाँ बराबरको राहत वितरण गरिसकिएको उनले बताए । ‘हामीले सहयोगका लागि अपिल पनि गरिरहेका छौं र केही साथीहरु मिलेर संकटमा परेका मानिसहरुको घरघरमा राहत सामग्री पुर्‍याउने काम गरिरहेका छौं,’ श्रेष्ठले भने ।

दोस्रो चरणमा गोर्खा निर्वाचन क्षेत्र नं. २ का नागरिकलाई पनि समेट्नेगरी अभियान अगाडि बढाइरहेको उनले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय