scheduleमगलवार आश्विन ६ गते, २०७७

सीको त्यो फोन जसले नेकपाको मडारिएको संकट मत्थर भयो

काठमाडौं, २१ वैशाख । संसारभरी नै बहस छ- कोरोनापछि विश्वको शक्ति सन्तुलन फेरिन्छ । यो भविष्यवाणीको कार्यान्वयन नेपालबाटै सुरु भएको छ ।

सगरमाथातिर फाइभजी नेटवर्क छाडेको चीनको राजनीतिक नेटवर्क पनि बलियै देखियो यसपालि । अर्को मुलुकको राजनीतिमा उपस्थित भएर चीनले नेकपाको शीरमाथि मडारिइरहेको संकट मात्र टारेन, कोरोनापछिको आफ्नो भूमिकाबारे पनि स्पष्ट सन्देश दिएको छ ।

बिरामी र व्यस्त भए पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संसारका विभिन्न राष्ट्रप्रमुखसँग कुराकानी गर्न भ्याएकै थिए । भारतीय प्रधानमन्त्री मोदीसँग पनि कुरा भइरहेको थियो तर, नजिकको छिमेकी चीनसँग भने कुरा भएको थिएन ।

सबै शक्ति आफूमा केन्द्रित गर्दै अझ शक्तिशाली बन्ने धुनमा दुई विधेयक जारी गरेपछि नेकपामा विवाद बढ्यो । विवाद बढेपछि सामाजिक सञ्जालमै छताछुल्ल हुनेगरी कार्यकर्ताहरु गालीगलौजमा उत्रन थाले ।

नेकपाकै शीर्ष नेताहरु पार्टी फुट्नेसम्मको गृहकार्य भइरहँदा निस्फ्रिक्री भइरहँदा यसको चिन्ता भने चीनमा देखियो । नेपालमा हुनसक्ने सम्भावित राजनीतिक दुर्घटना र दौडधुपलाई नजिकबाट नियालीरहेकी चिनियाँ राजदूत होउ यान्छीले सक्रिय भूमिका खेलीरहेकी थिइन् । उनको पनि भेटघाट बाक्लिएकै थियो ।

पछिल्लो समय त घटनाक्रम यतिसम्म तीव्र विकास भयो कि अघिल्लो दिन २/३ घण्टा चिनियाँ प्रतिनिधिसँग भर्चुअल संवाद गरेका वरिष्ठ नेता माधव नेपाल नै नयाँ सूचनासँग परिचित थिएनन् । शनिबारको सचिवालय बैठकमा प्रचण्डप्रति सशंकित हुँदै उनले भनेका थिए, ‘तपाईंहरु दुईटा अध्यक्ष चोचोमोचो मिलाएर मात्रै अब हुँदैन । पार्टीलाई विधि र पद्धतिमा हिंडाउनुपर्छ । यसरी म मान्नेवाला छैन ।’

आइतबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले घटनाको बेलिबिस्तार लगाएपछि नेपालले बल्ल राहतको श्वास फेरे ।

भएको के रहेछ भने चिनियाँ राष्ट्रपति सि जिन पिङले प्रत्यक्ष फोन गरेर नेपालमा कुनै पनि हालतमा अस्थिरता उत्पन्न नहोस् सन्देश दिएपछि नेकपा नेताहरु पछि हटे । स्वयम् राष्ट्रपति विद्यादेवी भण्डारीदेखि शीर्ष नेताहरुलाई पनि ‘सबै अधिकार र भूमिका आफूसँगै राखिराख्छु भन्नेमा नजान’ सिले भनेका रहेछन् ।

ओलीले अध्यादेश ल्याउने र आधा घण्टा पनि अध्ययन नगरी भण्डारीले जारी गर्ने अवस्थालाई सिले राम्रोसँग संकेत गरेका थिए । तब न सचिवालय बैठकअघि शितल निवास पुगेका ओलीलाई राष्ट्रपति भण्डारीले ‘भए गरेका कमिकमजोरी स्वीकारेर आत्माआलोचना गर्न र कडा कडा कुरा र काम केही नगर्न’ भनेपछि बालुवाटार फर्किएका ओली र प्रचण्डले झण्डै ४० मिनेट एक्लै समय बिताए ।

कडा कडा कुरा गरेर राजनीतिमा तरंग ल्याएको नेपाल-दाहाल समूहका नेता अध्यक्ष प्रचण्ड नै ओलीसँग एक्लै खासखुस गरेपछि माधव नेपाललाई चिसो नपस्ने कुरै भएन ।

यसरी अनपेक्षितरुपमा चिनियाँ राष्ट्रपति सिको फोनपछि राष्ट्रपति भण्डारीले ‘अधिकार आफूमा मात्रै केन्द्रित नगर्न र भूमिका र जिम्मेवारी बाँड्न र विधि-पद्धति मान्दै सबैलाई खुसी बनाएर एकता सुदृढ बनाउन’ भनेपछि विमानका चालकद्वयले ४० मिनेटमै भागबण्डा लगाएर कुरा मिलाए । जबकि त्यही बालुवाटारमा अध्यक्षद्वय घण्टै बस्दा पनि न कुरा मिल्थ्यो, न कुर्सी मिल्थ्यो ।

यो पनि

बादल नफकाउने प्रचण्डको निष्कर्ष, उपप्रधानमन्त्रीको आशा अधूरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय