scheduleशनिवार जेष्ठ १७ गते, २०७७

नोकिया २२० फोरजी फिचरको साथमा लन्च, यस्ता छन् मूल्य र फिचरहरु


एजेन्सी, २२ वैशाख । एचएमडी ग्लोबलले गत वर्ष अन्तराष्ट्रिय बजारमा आफ्नो फिचर फोन नोकिया २२० फोरजी सार्वजनिक गरेको थियो । लामो प्रतिक्षापछि कम्पनीले यो फोन चीनको बजारमा पनि लन्च गरेको छ ।

चीनमा मे ७ देखि यो फोन सेलका लागि उपलब्ध हुनेछ । यो फोनले फोर जी नेटवर्कलाई सपोर्ट गर्नेछ । तर फोनले थ्री जी नेवर्कलाई भने सपोर्ट गर्ने छैन । यसमा भएको ब्याट्रीले ६ घण्टासभन्दा धेरै टकटाइम र २७ दिनभन्दा धेरै स्ट्याण्डबाइ टाइम दिन्छ ।

नोकिया २२० फोरजी चीनमा आरएमबी २९९ अर्थात् करिब ४, ८०० रुपैयाँ पर्नेछ । फोनको प्रि बुकिङ सुरु भइसकेको छ । इच्छुकहरुले यसलाई चिनियाँ वेबसाइट जेडी डट कमबाट खरिद गर्नसक्ने छन् । प्रिबुकिङ पछि फोनको सेल्स ७ मेदेखि सुरु हुनेछ । यो फोन ब्ल्याक र ब्ल्यु कलर भेरियन्टमा उपलब्ध छ ।

Dish_Home

यो फोनमा फोरजी सपोर्टको साथमा भोल्टे सपोर्ट पनि रहेको छ । यो फोन क्लासिक पोलिकार्बोनेट बडीबाट बनेको छ । फोनमा २.४ इन्चको डिस्प्ले रहेको छ । यसमा फोटाग्राफीका लागि एलईडी फ्लैशको साथमा ०.३ मेगापिक्सल्सको क्यामेरा रहेको छ । फोनमा कनेक्टिभिटीका लागि ब्लूटुथ ४.२ को सपोर्टिभ फिचर पनि रहेको छ ।

नोकिया २२० फोरजी फिचर फोनमा १२०० एमएएचको को नन रिमूभेबल ब्याट्री रहेको छ । यो फोनमा १६ एमबीको रैम र २४ एमबीको इन्टरनल एक्सटेन्डेबल मेमोरी रहेको छ ।

अन्य फिचरको कुरा गर्दा यसमा माइक्रो युएसबी पोर्ट रहेको छ । ३.५ एमएम हेडफोन ज्याक रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय