scheduleआइतवार जेष्ठ १८ गते, २०७७

चिकित्सा क्षेत्रलाई नै चकित बनाएको फ्रोजन लेडीको यस्तो छ रहस्यमयी कथा


एजेन्सी, २२ वैशाख । कहिलेकाँही यस्ता घटनाहरु पनि घट्ने गर्छन् जसले विश्वलाई हैरान पारिदिन्छ । आजभन्दा ४० वर्ष पहिले अमेरिकाको मिनिसोटामा एउटा यस्तै घटना घटेको थियो जुन आज पनि सबैका लागि रहस्य बनेर बसेको छ । घटनामा जो महिला शामिल थिइन् उनलाई आज विश्वले ‘फ्रोजन लेडी’ को नामले चिन्छन् ।

सन् १९८० को डिसेम्बर महिनामा जिन हिलियार्ड नामकी एकजना महिला राती आफ्नो कारबाट घर जाँदै थिइन् । उनको कार बीच बाटोमा दुर्घटनाग्रस्त भयो र उनी त्यहीँ फसिँन् । हिउँ परिरहेको समय भएको कारण त्यहाँ बसिरहन ठिक थिएन । उनले हिडेँर नै साथीको घरसम्म पुग्ने विचार गरिन् । साथीको घर त्यहाँदेखि करिब दुई माइल जति टाढा थियो । जब जिन त्यहाँबाट पैदल हिंड्न थालिन् तब तापमान माइनस ३० डिग्री सेल्सियस थियो । यति धेरै जाडो जिनले सहन सकिनन् र साथीको घरभन्दा १५ फिटको दूरीमा उनी बेहोस् भएर लडिन् । त्यस समय रातको एक बजेको थियो । उनको साथीलाई उनीबारे केही थाहा भएन ।

बिहान जिनको साथीले उनलाई बेहोस पाए । त्यस समय उनी बरफको मूर्ति जसरी जमिसकेकी थिइन् । तर उनको आँखा भने खुला थियो । त्यसपछि तत्कालै उनलाई अस्पताल लगियो । उनको अवस्था देखेर चिकित्सकहरु पनि अचम्मा परे ।

Dish_Home

जिनलाई बचाउन असम्भव हुने चिकित्सकहरुले पनि ठानिसकेका थिए । सामान्यतः मानिसहरुको मुटु एक मिनेटमा ६० देखि सय पटकसम्म धड्किने गर्छ तर बर्फमा जमिएको जिनको शरीर मुटु मिनेटमा १२ पटक धड्किरहेको थियो । यस्तो अवस्थामा उनलाई चिकित्सकहरुले पनि भगवान भरोसामा छोडेका थिए ।

बचाउन सके पनि उनको दिमागी हालत ठिक नहुने वा शरीर चलमलाउन नसक्ने चिकित्सकहरुले बताएका थिए ।

चिकित्सकहरुले आशा छोडेनन् । उनलेहरुले जिनलाई एउटा विद्युतीय कम्बलले लपेटे । यो प्रक्रिया करिब एक घण्टा जति चल्यो । तर त्यसपछि जे भयो त्यो देखेर चिकित्सकहरुको पनि होश उड्यो । जिनको शरीरमा हलचल देखिन सुरु भयो । जाँच गर्दा उनको शरीरमा कुनै हानी नभएको देखियो ।

यद्यपि उनलाई ४० दिन जति आईसीयूमा नै राखियो । त्यसपछि उनले अस्पतालबाट छुट्टी पाइन् ।

यो घटना आज पनि चिकित्सा क्षेत्रमा ठूलो रहस्य बनेको छ । आखिर त्यति धेरै लामो समयसम्म बरफमा जम्दा पनि मानिस कसरी बाँच्न सक्छ ?

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय