scheduleआइतवार जेष्ठ १८ गते, २०७७

यी हुन् लकडाउनले जन्माएका विश्वका महान हस्तीहरु

एजेन्सी, २२ वैशाख । विश्वका धेरै मुुलुक अहिले लकडाउनको बन्दी भएर बसिरहेका छन् । तर तपाईलाई थाहा छ विश्वका धेरै महान् खोजहरु लकडाउन र सोसल डिस्टेन्सिङ कै देन हो । लकडाउनको समयमा नै विश्वमा धेरै राम्रा कुराहरुको खोजी भए, राम्रा साहित्यहरु रचिए । विश्वका धेरै भागहरुमा जब हैंजा, प्लेग जस्ता बिमारीहरु फैलिए तब अहिलेजस्तै संकटपूर्ण अवस्था सृजना भयो त्यसबाट जोगिन विश्वमा लकडाउनहरु लगाइए र त्यहीँबाट जन्म भयो विश्वमा कहलिएका आइज्याक न्युटन, चार्ल्स डार्बिन, जन मिल्टन, लर्ड बायरनको ।

आईज्याक न्यूटन

क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजमा छात्र रहेका विज्ञानका धेरै सिद्धान्तहरुको पत्तो लगाउने आइज्याक न्युटनले लकडाउनको समयमा विश्वविद्यालयको अभिलेखागारमा आफ्नो लामो समय बिताए । प्लेग महामारीको समयमा उनी पोस्टर चाइल्ड बने । १६६५ देखि ६६ सम्म चलेको महामारीको बीचमा उनी परिवारजनसँग अल्लगिएर एक्लै बसे ।

Dish_Home

यसले उनीमा एकान्त मन पराउने छुट्टै किसिमको भावना र बानीको विकास गरायो । उनले परिवार र समाजबाट अलग्गै बसेर नै गुरुत्वाकर्षणको सिद्धान्त, गतिको नियम, प्रतिबिम्बको सिद्धान्त, प्रिज्मको साथ प्रकाशको प्रयोग र रंगको विवरण जस्ता विभिन्न विज्ञानका खोजहरु गर्न सफल भए ।

चार्ल्स डार्बिन

विज्ञानमा धेरै ओटा महत्वपूर्ण सिद्धान्तहरुको देन दिएका चार्ल्स डार्बिन आफ्नै बिमारका कारण एक्लै बस्ने गर्थे । यहीँ बिमारीका कारण उनी १८७६ मा सबैबाट अलग्गै बस्न थाले ।

उनी कुनै मनोरञ्जनात्मक र सामाजिक गतिविधिहरुमा सामेल हुन पाएनन् । उनको यहीँ एक्लोपनाले नै विज्ञान क्षेत्रमा लाग्न उनलाई प्रेरित गर्‍यो र उनी आजीवन यहीँ क्षेत्रमा समर्पित भए ।

लर्ड बायरन

अंग्रेजी साहित्यका एक हस्ती लर्ड बायरनले आफ्नो जीवनको लामो समय सबैबाट अलग्गै रहेर एकान्टमा कटाए । हैजा संक्रमणको समय जब उनी ग्रिसबाट फर्किरहेका थिए तब उनले माल्टामा एकान्तको जीवन बिताउनु पर्‍यो । उनले ४० दिन माल्टामा बिताए । त्यहाँबाट फर्कदाँ उनले फेयरवेल टु माल्टा शिर्षकको एउटा बिदाई गित पनि लेखेका थिए । जुन एउटा व्याङ्गात्मक कविताको रुपमा थियो । पछि उनले आफूले माल्टामा बिताएको एक्लोपनाबाट जीवनमा धेरै कुरा सिकेको स्वीकार गरेका थिए ।

जन मिल्टन

पैराडाइज लस्ट र एरोपैगिटिका जस्ता महान् रचनाका लेखक मिल्टनले सन् १६२६ मा लकडाउनकै जस्तो स्थिति भोग्नु पर्‍यो । उनी क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतका क्राइस्ट कलेजमा स्नातक प्रथम वर्षका विद्यार्थी थिए । तब शहर बुबोनिक प्लेगको चपेटामा पर्‍यो । त्यस समय उनी लण्डनस्थित आफ्नै घरमा कैद भए ।

त्यस समय उनले हास्य शैलीमा एलिगिया प्राइमाको रचना गरे । हास्य शैलीमा यसलाई एउटा महान् र प्रभावशाली लेखनी मानिन्छ । यी महान् हस्तीहरुलाई देखेर लकडाउनले समस्या मात्र होइन सृजनशिलताको पनि विकास गराउने देखिन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय