scheduleबुधवार जेष्ठ १४ गते, २०७७

लकडाउन खुलेपछि यस्तो हुनुपर्छ नागरिकको तयारी

डा. रवीन्द्र पाण्डे

१. पोशाक: मास्क, पञ्जा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता ।
२. बाटोमा: मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता ।
३. काम गर्ने ठाउँमा: साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली ।
४. व्यक्तिगत अभ्यास: खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने । आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने/खोक्ने । त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने । कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने । मास्क तथा अनुहारमा हात नलग्ने । सेवाग्राहीसंग दुरी कायम गर्ने । सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी/स्यानिटाइजरको ब्यबस्था गर्ने ।
५. भिडभाड: आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने ।
६. किनमेल: सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने । घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने । किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने ।
७. अस्पताल: सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने । व्यक्तिगत दुरी कायम गर्ने, मास्क/चस्मा लगाउने ।
८. सार्वजनिक यातायात: सकभर छोंटो दुरीको लागि बस नचढ्ने । लामो दुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने । सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने/त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने ।
९. औषधि तथा खाधान्न: न्युनतम १ महिनाको स्टक राख्ने । प्राथमिक उपचारका साधन/औषधि अलिअलि भएपनि घरमा राख्ने ।
१०. मानसिक तयारी: कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश/स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १-२ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३ प्रतिशत मात्र छ । लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने ।
११. सहि सूचना: आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने/नसुन्ने । असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने । जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने ।
१२. मितव्ययी: कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने । अनाबश्यक खर्च नगर्ने । बाहिर खाना/खाजा नखाने । सहरमा परिवार पाल्ने सम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने । बच्चालाई गाउँको स्कुलमा पढाउने ।
१३. घर फर्केपछि: कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने । अनि अरु परिवारसंग भेट्ने ।
१४. घरभित्रको दुरी: जेष्ठ नागरिक/बिरामीसँग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने ।
१५. अत्यावश्यक तयारी: नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने ।
१६. आत्मबल: आत्मबल उच्च राख्ने । आफ्नो रोगसंग लड्ने क्षमताप्रति विश्वास गर्ने । मनमा डर, त्रास, चिन्ता आदिको पालनपोषण नगर्ने । उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ ।
१७. व्यायाम: सकभर घरभित्र व्यायाम गर्ने । भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिंग गर्न सकिन्छ ।
१८. खानपिन: ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खाना खाने । गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने । चुरोट, खैनी, रक्सी सेवन नगर्ने ।
१९. आत्मनिर्भरता: आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने ।
२०. ब्यबसाय परिवर्तन: अबको २-३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर/होम डेलिभरीको पेशा निकै चल्नेछ । तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने । आदि ।

(पाण्डे जनस्वास्थ्यकर्मी हुन्)

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय