scheduleसोमवार आश्विन १२ गते, २०७७

लकडाउनमा पोखरा शहर र फेवाताल (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । विश्वव्यापी महामारी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिएको आज ४२ दिन भइसकेको छ । नेपालमा हालसम्म ७५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

देशव्यापी लकडाउनका कारण ४२ दिनदेखि देशभर नै सुनसान अवस्था छ । मुख्यतः शहरी क्षेत्रहरु र मुख्य पर्यटकीय क्षेत्रहरु अहिले सुनसान छन् ।

लकडाउनका कारण बढी पर्यटनसँग सम्बन्धित व्यापार व्यवसायहरु ज्यादा प्रभावित देखिन्छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये पोखरा पनि एक हो । अहिले पोखरा पनि लकडाउनका कारण सुनसान छ ।

हेरौं लकडाउनमा सुनसान पोखरा शहर र फेवातालका केही दृश्यहरुः

तस्बिरः प्रदीपराज वन्त, रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय