scheduleबिहिवार मंसिर १८ गते, २०७७

कर्णाली प्रदेशका सबै नाका आज राति १२ बजेदेखि सिल गरिने

काठमाडाैँ, २२ वैशाख । सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेशमा प्रवेश गर्ने सबै नाका पूर्ण रुपमा बन्द हुने भएको छ । कर्णाली प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग एक हप्तासम्म पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।

प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि प्रदेशको नाका सिल गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

यस्तै बैठकले प्रदेशको दुर्गम ठाउँमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्‍याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको छ ।

यस्तै प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने निर्णय भएको एक सरकारी अधिकारीले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay