scheduleबुधवार बैशाख २९ गते, २०७८

तत्काल नयाँ विद्यार्थी भर्ना गर्न नपाईने, रोकिएका परीक्षाबारे निर्णय भएन

काठमाडौं, २२ वैशाख । सरकारले तत्कालका लागि नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाउने निर्णय गरेको छ । अर्को निर्णय नहुन्जेलसम्म नयाँ भर्नामा रोक लगाउने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २६ गते पछि विद्यालयहरुले नयाँ भर्ना शुरु गर्न सक्ने बताएका थिए । यस्तै सरकारले भर्नाका नाममा कुनै किसिमको शुल्क लिने, अनलाईन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने लगायत क्रियाकलापमा पनि रोक लगाउने भएको छ ।

यस्तै कक्षा १०, ११ र १२ का परीक्षाका विषयमा सुक्ष्म अध्ययन र परामर्श लिने काम भैरहेको तर अहिलेसम्म रोकिएका परीक्षाबारे कुनै नयाँ निर्णय हुन नसकेको सरकारले जनाएको छ ।

यस्तै निजी विद्यालयले लिने शुल्क मध्ये एक महिनाको शुल्क छुट दिने सरकारको यसअघि कै निर्णय कार्यान्वयन हुने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय