scheduleआइतवार आश्विन ११ गते, २०७७

भिडियो गेमले आँखा र हातको सहकार्यलाई बढाउने अनुसन्धानको खुलासा


एजेन्सी, २३ वैशाख । तपाईलाई थाहा छ- भिडियो गेमका धेरै फाइदाहरु छन् । अनुसन्धानकर्ताहरुका अनुसार भिडियो गेमले बालबालिकाहरुको संज्ञानात्मक विकासको सुधार हुन्छ । गेमले हात र आँखाबीचको सहकार्यलाई राम्रो बनाउँछ । स्मरण शक्तिलाई बलियो बनाउँछ र फरक वस्तुहरुबीचको संवेदनशिलता बढाउँछ ।

एज अफ इम्पायर, वर्ल्ड अफ वारक्राफ्ट तथा टोटल वार जस्ता एक्सन रियल टाइम स्ट्राटेजी भिडियो गेमहरुहरु आज दशौं लाख मानिसहरुले खेल्ने गर्छन् । यस्ता गेमहरु रणनीतिक योजना, सेलेक्टिभ अटेन्सन, ज्ञानेन्द्रीय सिप र टिमवर्कबाट जित्न सकिन्छ । यसले मस्तिष्कलाई यस्ता कुराहरुमा प्रशिक्षित गराउँछ ।

अध्ययनहरुका अनुसार रियल टाइम स्ट्राटेजी गेमले मानिसहरुमा इन्फर्मेसन प्रोसेसिङ, भिजुअल प्रतिक्रियामा थप संज्ञानात्मक क्षमता थप गर्छ ।

ह्युमन न्युरोसाइन्सको खोज अनुसार यस्ता गेमहरु खेल्दा मस्तिष्कमा दीर्घकालीन परिवर्तनहरु आउँछन् । यसले टेम्पोरल भिजुअल सेलेक्टिभ एटेन्सनको सुधारमा मद्दत पुर्‍याउँछ ।

यो अध्ययनका चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजीस्थित न्युरोइन्फर्मेसनको कि ल्याब्रोटरीका एसोसिएट प्रोफेसर डायनकुन गोङको समूहले गरेको हो । गोङले टेम्पोरल भिजुअल सेलेक्टिभ अटेन्सनमा गेमको प्रभावलाई अध्ययन गर्न उक्त युनिभर्सिटीका स्वास्थ युवा पुरुष विद्यार्थी चयन गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय