scheduleशनिवार जेष्ठ १७ गते, २०७७

इन्स्टाग्राम चलाउनुहुन्छ ? यो नयाँ सुविधाबारे थाहा पाउनुहोस्

एजेन्सी, २३ वैशाख । फोटो शेयरिङ एप इन्स्टाग्रामले हालै आफ्ना युजर्सहरुका लागि ‘हाउ क्यान आई ह्याल्प ’ र ‘च्यालेन्ज’ जस्टा स्टिकरहरु सार्वजनिक गरेको थियो । अहिले कम्पनीले फेरि अर्को स्टिकर सार्वजनिक गरेको छ । यो स्टिकरको नाम ह्यासट्याग इन्स्टा प्रोम हो ।

यो प्रोम स्टिकरले एआर इफेक्ट्सलाई सपोर्ट गर्छ । यस स्टिकरमार्फत् कम्पनिले मानिसहरुलाई घरमै बस्न अपिल गरेको छ ।

Dish_Home

इन्स्टाग्रामले यो स्टिकरको बारेमा आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एउटा शर्ट भिडियो पनि जारी गरेको छ । ट्वीटरमा कम्पनीले युजर्सहरुले यो स्टिकरलाई स्टोरी सेक्सनमा गएर प्रयोग गर्नसक्ने बताएका छन् । यद्यपी यो स्टिकर अहिले नै सबै प्रयोगकर्ताहरुका लागि भने उपलब्ध छैन । यो स्टिकर अब चाँढै नै सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

इन्स्टाग्रामले यस अघि पनि नयाँ फन्ट जारी गरेको थियो । तर यो फन्ट अहिले परीक्षणको चरणमा छ । यो अब चाढै नै प्रयोगकर्ताहरुका लागि सार्वजनिक गरिनेछ ।

इन्स्टाग्रामले ‘हाउ क्यान आई ह्याल्प ’ र ‘च्यालेन्ज’ स्टिकरहरु चाढै नै डेस्कटप युजर्सहरुका लागि पनि जारी गर्नेछ । यसबाहेक कम्पनीले प्रयोगकर्ताहरुका लागि चाढै नै नयाँ फिचर्स ल्याउँदैछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय