scheduleबुधवार जेष्ठ १४ गते, २०७७

अस्पतालबाट पक्राउ परे नेकपा नेता अनिल


भरतपुर, २३ वैशाख । नेकपा सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा प्रशासन विभागका ईञ्चार्ज अनिल शर्मा विरही पक्राउ परेका छन् ।

उनलाई चीतवनस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न गएको बेला मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । विभिन्न पत्रपत्रिकामा स्तम्भ लेख्दै आएका विरही नेकपाका वैचारिक नेता हुन् ।

पारिवारिक स्रोतका अनुसार उनलाई सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरे पनि उपचार भने जारी रहेको छ ।

Dish_Home

नेकपाका महासचिव नेत्रविक्रम चन्दले नागरिकलाई कोरोना सङ्क्रमणबाट जोगाउन सबैसँग सहकार्य गर्न तयार जनाएका थिए । प्रहरीले पनि गिरफ्तारीलाई तीव्रता दिएको छ । यसअघि गएराति ईलाम जिल्ला ईन्चार्ज पुष्प कोईराला सहित तीन जनालाई गिराफ्तार गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय