scheduleशनिवार आश्विन १० गते, २०७७

कोरोनाको औषधि पत्ता लगाएको इजरायली रक्षामन्त्रीको जिकिर


जेरुसेलम, २३ वैशाख । इजरायलले आफ्नो प्रमुख जैविक अनुसन्धान प्रयोगशालामा एक प्रमुख कोरोना भाइरस एन्टीबडीलाई अलग गरिदिएको इजरायली रक्षा मन्त्रीले सोमबार बताएका छन् । उनले यसलाई कोरोना भाइरस महामारीको उपचारमा एक ‘महत्वपूर्ण क्रमभंग’को संज्ञा दिएका छन् ।

सोमबार रक्षामन्त्री नैफ्टली बेनेटले भने, ‘इजरायल इन्स्टिच्यूट फर बायोजोलिकल रिसर्च (आइआबीआर) मा विकसित ‘मोनोक्लोनल न्युट्रलाइजिङ एन्टीबडी अर्थात् रोग पैदा गर्ने कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्छ ।’

रक्षामन्त्री बेनेटले सोमबार आइआइबीआरको भ्रमण गरेका थिए जहाँ उनले कोरोना भाइरसको एन्टीडोज पत्ता लगाउन मिलेको सफलताबारे जानकारी दिइएको थियो ।

इकोनोमिक टाइम्सका अनुसार उनले आइआइबीबरका निर्देशक शमुएल शपिरालाई उद्धृत गर्दै भने, ‘अहिले एन्टिबडी फर्मुलाको पेटेन्ट हुँदैछ । यो सकिएपछि अन्तर्राष्ट्रिय निर्माता खोजेर ठूलो मात्रामा उत्पादन कार्यलाई अगाडि बढाइनेछ ।’

आइआइबीआर कोरोना भाइरसविरुद्धको उपचार र भ्याक्सिन विकास गर्न काम गर्दै आइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय