scheduleशनिवार मंसिर २० गते, २०७७

संसारको खुसी राष्ट्रमा विपन्न राष्ट्रको तुलनामा १३ गुणा बढी कोरोना

एजेन्सी, २३ वैशाख । इतिहासमा सामान्यतः रोगले विपन्न इलामा धेरै प्रभावित गरेको पाइन्छ । तर, कोरोना भाइरसको हकमा यो कुरा गलत भएको छ ।

बितेको ४ महिनाको तथ्यांक हेर्दा कोरोनाले खराब र पिछडिएको भनिएका देशको तुलनामा खुसी र सम्पन्न राष्ट्रमा १२ गुणा बढी प्रभाव जमाएको देखिएको छ । केही यूरोपमा अफ्रिका महाद्वीपभन्दा ८१ गुणा ज्यादा मृत्यू भएको देखिएको छ ।

खुसीको सूचक-२०१९ मा संसारमा टप ३ खुसी देशमा फिनल्याण्ड, डेनमार्क र नर्वे रहेका छन् । यी तीन देशमा अहिलेसम्म कोरोनाबाट ९०५ जनाको मृत्यू भएको छ । ह्याप्पीनेस इन्डेक्स अनुसार संसारको सबैभन्दा विपन्न देशमा दक्षिणी सुडान, सेन्ट्रल रिप्बलिकन अफ्रिका र अफगानिस्तान रहेका छन् । यहाँ अहिलेसम्म कोरोनाबाट कुल ७२ जना मरेका छन् ।

यसरी हेर्दा जुन देशमा स्वास्थ्य सुविधा, रहनसहन, जीवनस्तर उच्च श्रेणीको छ, त्यहाँ कोरोना महामारीको असर धेरै छ । जबकि जहाँ भोकमरी, स्वास्थ्य सेवा र जीोनशैली कमजोर छ र न्यून स्तरको जीवन बाँचिरहेका छन्, त्यहाँ कोरोनाको असर कम देखिएको छ ।

कोरोनाबाट उत्कृष्ट ३ खुसी देशको तुलनामा उत्कृष्ट तीन विपन्न/पिछडिएको देशमा १२ गुना कम मृत्यू भएको छ । जबकि ९ गुणा बढी संक्रमित छन् ।

क्षेत्रगतरुपमा हेर्दा ह्याप्पीनेस इन्डेक्सका अनुसार सबैभन्दा खुसी महादेश यूरोप हो भने सबैभन्दा पिछडिएको महादेश अफ्रिका । युरोपमा ३ मेसम्म कोरोनाबाट १.३९ लाख मानिसको मृत्यू भइसकेको छ भने १४ लाख मानिस संक्रमित छन् ।

उता अफ्रिकामा केवल १७२३ जना मानिसको मृत्यू भएको छ भने ४२,७७१ मानिस मात्र संक्रमित छन् । युरोपमा अमेरिकाभन्दा ३३ गुणा धेरै कोरोना संक्रमित देखिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay