scheduleआइतवार जेष्ठ १८ गते, २०७७

सामाजिक सञ्जालको चमकदमकले भविष्यका पिंढीको नैतिक पतन भईसकेको हो त ?


एजेन्सी, २४ वैशाख । सामाजिक सञ्जालमा अहिले ब्वाइज लकर रुम नामको ह्यासट्यागसहितको एउटा ट्रण्ड अहिले चलिरहेको छ । यसबाट ट्वीटरमा हालसम्म लगभग ३० हजार ट्वीटहरु गरिसकिएका छन् ।
इन्स्टाग्राममा पनि हजारौं पोस्टहरु लेखिसकिएका छन् । इन्स्टामा यस ग्रुपमा करिब १६-१७ वर्षका धेरै किशोरहरु रहेका छन् जो एकआपसमा महिलाहरुको अश्लिल तस्विरहरु एक अर्कालाई शेयर गरिरहेका छन् । जहाँ उनीहरु सामूहिक अपराधसम्मको कुराहरु गर्ने गरेको पाइएको छ ।

३ मेमा एकजना इंन्स्टा युजरले यो ग्रप च्याटको च्याट सार्वजनिक गर्यो र दिल्ली महिला आयोगले यसमाथि कारावाही गर्न नोटिस पठायो । अहिले दिल्ली प्रहरीको साइबर सेल यसमाथि जाँच गरिरहेको छ । एकजना किशोरको गरफ्तारी पनि भइसकेको छ । यसबीच एउटा प्रश्न जन्मिएको छ । आखिर यस्ता कुराहरु किशोरहरुको दिमागमा कसरी जन्मिन्छ ? सामाजिक सञ्जालको चमकदमकले भविष्यका पिंढीको नैतिक पतन भईसकेको हो त ?

बच्चाहरुमा यस्तो नैतिक पतन हुनुको पछाडी धेरै कारणहरु हुनसक्छन् । यसका लागि सधै पहिले सामाजिक सञ्जाल तथा अश्लिल फिल्महरुलाई दोष दिने चलन छ । फिल्मलाई नियमन गर्न त सेन्सर बोर्ड छ । तर अनलाइन प्लेटफर्म भने खुल्ला र जोकसैको पहुँचमा छन् ।

Dish_Home

वेब सिरिजका अश्लिल कन्टेन्टमा अहिले धेरै नियन्त्रण छैन तर बच्चाहरुको विकृत भइरहेको मानसिकता पछाडि अन्य के कारण होला ?

मनोविज्ञानको अनुसार आधुनिक समयमा हामी संयुक्त परिवारदेखि एकल परिवारको संस्कृतिमा स्थानतरण हुँदैछौं । संयुक्त परिवारमा पाइने संस्कार एकल परिवारमा पाउन सकिन्न । भागदौडको जीवनमा मानिसहरुलाई आफ्ना सन्तानलाई दिने पर्याप्त समय हुँदैन । मनोविज्ञानले अभिभावकलाई बच्चाहरुका लागि समय निकाल्न सुझाव दिन्छ । उनीहरुको गतिविधिमाथि निगरानी राख्नुपर्छ ।

शिक्षाविद्हरु नैतिक शिक्षालाई पाठ्यक्रममा अनिवार्य समावेश गरिनुपर्ने तर्क राख्छन् ।

सामाजिक सञ्जालको ठूलो भूमिका छ बालबालिकाहरुलाई यस्ता कुराले प्रभावित पार्नमा । यसकारण सामाजिक मूल्यमा पनि गिरावट आइरहेको छ । विशेषज्ञहरु आजभोलीका बालबालिकाहरु आफन्तबाट टाढा हुने तर पराइहरुसँग नजिक हुने संस्कार बढेको बताउँछन् । यसलाई हटाउन आवश्यक छ ।

केही दिन अघि इन्टरनेट सेक्युरिटी तथा एन्टी भाइरस कम्पनी कास्परस्काईले गरेको अध्ययनमा ४० प्रतिशत बुवाआमा आफ्ना सन्तानका अनलाइन गतिविधिप्रति वेवास्ता गर्ने देखिएको बताइएको छ ।

यस्तै ७० प्रतिशत बुवाआमाले आफ्ना छोरी छोरीहरुको अनलाइन गतिविधिमाथिको नियन्त्रण गुमाएका छन् । मनोविज्ञान बुवा आमालाई आफ्ना सन्तानका अनलाइन गतिविधिमाथि निगरानी राख्न र उनीहरुसँग संवाद बढाउने सल्लाह दिन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय