scheduleबुधवार आश्विन ६ गते, २०७८

‘म तिमीलाई सदा सम्झिरहनेछु इरफान’

काठमाडौँ, २४ वैशाख । अप्रिल २९ मा निधन भएका बलिउड अभिनेता इरफान खानलाई चर्चित अभिनेता अनिलले कपुरले उनीसँगको फोटो सेयर गर्दै सम्झिएका छन् । लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका इरफान खानको निधनले बलिउडमा ठुलो धक्का हानेको समिक्षकहरुले बताएका थिए ।

अनिल कपुरले इरफान खानसँगको फोटो सेयर गर्दै भनेका छन्, ‘इरफान खानसँगको ती पलहरुले धेरै कुराहरु याद दिलाउने गर्छन् । म तिमीलाई सदा सम्झिरहनेछु इरफान ।’

उनी र इरफान खानले फिल्म स्लमडग मिलिनियरमा सँगै काम गरेका थिए । उक्त फिल्मले एकेडमी अवार्ड समेत जित्न सफल भएको थियो । यसअघि सन् २००५ मा बनेको फिल्म चकलेटमा पनि उनीहरुले सँगै काम गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय