scheduleमगलवार श्रावण २७ गते, २०७७

२०५ वर्षपछि बुद्ध पूर्णिमामा मंगल, शनि र राहु-केतुको दूर्लभ योग

काठमाडौं, २४ वैशाख । वैशाख २५ गते वैशाख पूर्णिमा अर्थात् बुद्धपूर्णिमा मनाइँदैछ । यही तिथिमा भगवान बुद्ध र कुर्म अवतार भएको थियो । यो पूर्णिमामा पवित्र नदीमा स्नान गर्ने, मन्त्र जप गर्ने र धन तथा अन्न दान गर्ने विधि पनि छ । यसपालि देशव्यापी लकडाउनका कारण नदीमा स्नान गर्न जान सम्भव हुँदैन । त्यसैले पवित्र नदीको स्मरण गर्दै घरमै स्नान गर्नु उपयुक्त हुन्छ । यसपटकको पूर्णिमामा २०५ वर्षपछि मंगल, शनि, राहु-केतुको दुर्लभ योग पनि बनेको छ ।

सन् १८१५ मा बनेको थियो दुर्लभ योग

शनि मकर राशिमा, राहु मिथुन राशिमा, केतु धनु राशिमा, मंगल कुम्भ राशिमा रहेको बेला २०५ वर्षअघि सन् १८१५ को बुद्ध पूर्णिमा मनाइएको थियो । यस्तै योग यसपटकको बुद्ध पूर्णिमामा पनि बनेको छ । यसपटक वृहस्पति र शनिको युति पनि बनेको छ, त्यतिबेला वृहस्पति-शनिको युति थिएन । ५९ वर्षपहिले सन् १९६१ को बुद्धपूर्णिमा वृहस्पति-शनिको युति मकर राशिमा थियो । यी दुबै ग्रह मार्गी थिए । यस वर्ष पनि वृहस्पति-शनिको यही योग बनेको छ ।

यो पूर्णिमामा पानी दान गर्नुको विशेष महत्व छ । पानीको धारा बनाउने, पानीले भरिएको घडा दान गर्ने गर्दा अक्षय पुण्य मिल्छ । यस्तो पानीले भरिएको घडा दान गर्नुलाई यमायकुम्भदान भनिन्छ ।

दुर्लभ योगको असर

यसपटकको बैशाख पूर्णिमामा वृहस्पति-शनि मकर राशिमा, मंगल कुम्भ राशिमा, राहु मिथुन राशिमा, केतु धनु राशिमा हुनेछन् । सूर्य-चन्द्रमाको परस्पर एक-अर्कामा दृष्टि हुनेछ । यो पूर्णिमादेखि अर्को पूर्णिमाको बीचमा पाँचवटा शुक्रबार आउनेछ । यो समय देश-दुनियाँको लागि लाभदायक हुनेछ । उन्नति हुनेछ । जनता सुखी हुनेछन् । रोगबाट आराम मिल्नेछ । अपराधमा पनि वृद्धि हुन सक्नेछ । गर्मीको प्रकोप बढ्नेछ । केही क्षेत्रमा राजनीतिक बदलाव पनि हुन सक्नेछ । कहीँ-कहीँ हिंसात्मक गतिविधि पनि हुन सक्नेछ । आम मानिसका लागि समय आरामदायक हुन सक्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय