scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोना पुष्टि भएका १७ जना राहत वितरणमा सक्रिय नेकपा कार्यकर्ताका आफन्त


वीरगन्ज, २४ वैशाख । वीरगञ्जमा आइतबार एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भयो । वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको तिनै युवकको नातेदार र परिवारका सदस्यहरु १७ जनालाई बुधबार कोरोना संक्रमण देखियो ।

वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनको र उनी गएका नातेदारको घरका सदस्यहरुसहित ३२ जनाको स्वाब परीक्षणको लागि पठाइएको थियो । गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको ती नमूनाहरुमध्ये १७ जनामा कोभिड-१९ को संक्रमण देखिएको हो ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार कोरोना संक्रमण देखिएका १७ जना सबै एकै परिवारका सदस्य र आफन्त हुन् ।

Dish_Home

उनीहरु सबैलाई सोमबारदेखि उनीहरुको घर सिल गरि सेल्फ क्वारेन्टाइनमा राखिएको छ । उनीहलाई अब नारायणी अस्प्तालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।

१७ जना संक्रमितमा २ महिनादेखि ६६ वर्ष उमेर समूहका ७ महिला र १० पुरुष रहेका छन् । उनीहरु आइतबार संक्रमण भेटिएका पुरुषको बुवा, आमा, दाजु, भाइ, भाउजु, छोरो र भतिजा लगायत रहेका छन् ।

ती ३६ वर्षीया पुरुषले आफ्नो यात्रा विवरणबारे केही बोलेका छंनन् । उनले आफूमा कोरोना नभएको दावी गर्दै आएका छन् । उनले मेडिकल नतिजा गलत भएको जिकिर गरिरहेका छन् । उनले आफू वीरगञ्जबाट बाहिर नगएको बताएका छन् ।

सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता रहेका उनी सर्वदलीय समितिमा रहेर राहत वितरणमा पनि सक्रिय रहेको खुलेको छ । प्रशासनले उनको सम्पर्कमा आएका सबैलाई ट्रेसिङ गर्दै थ्रोट स्वाब संकलनलाई तीव्रता दिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय