scheduleमगलवार आश्विन ६ गते, २०७७

सञ्चारकर्मीको रोहवरमा लागूऔषध नष्ट


एसपी यादव/सर्लाही, २४ वैशाख । सशस्त्र प्रहरी सीमा सुरक्षा बल मलङ्ग्वाले बुधबार एक पत्रकार सम्मेलन गरी विभिन्न मितिमा पक्राउ गरिएको लागूऔषध नष्ट गरेको छ ।

खुल्ला सिमाना भएकै कारण लकडाउनको समयमा पनि भारतबाट लुकाईछिपाई सर्लाहीको सदरमुकाम मलङ्ग्वा भित्र्याउदै गर्दा गत १२ गते १८ बोतल र १६ गते ९ बोतल गरी जम्मा २७ बोतल कोरेक्स नामक लागूऔषध नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मलङ्ग्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्जित सिंहले जानकारी गराएका छन् ।

सिमा सुरक्षा बल मलङ्ग्वाले स्थानीय सञ्चारकर्मीहरुको उपस्थितीमा लागूऔषध नष्ट गरेको हो ।

कोरोना भाईरसको महामारीका कारण सरकारले नेपाल भारत सिमानाकामा कडाई गरेसँगै व्यवसायीक रुपले लागूऔषध ओसापसार गर्ने कारोबारीहरु पक्राउ पर्न थालेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय