scheduleआइतवार जेष्ठ १८ गते, २०७७

अबैध रकम १७ लाख ९० हजारसहित दुईजना भारतीय नागरिक पक्राउ


एसपी यादव/सर्लाही, २४ वैशाख । भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको १७ लाख ९० हजार रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको विहार राज्यको सितामढी जिल्लामा पर्ने मुजेलियाबाट धान बोकेर सर्लाहीको सदरमुकाम मलङ्ग्वामा प्रवेश गर्न खोज्दा भारतीय ट्रकलाई सर्लाही भन्सार चेकपोस्टले जाँच गर्ने क्रममा १७ लाख ९० हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।

बिआर ३० जिए २४५८ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरी सिमा सुरक्षा बल मलङ्ग्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्जित सिंहको कमान्डमा रहेको चेकपोस्टले जाँच गर्नेक्रममा ट्रकको क्याबिनबाट उक्त रकम बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मलङ्ग्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक संजीत कुमार सिंहले जानकारी गराएका छन् ।

Dish_Home

सशस्त्र प्रहरी निरीक्षक सिंहले भने, ट्रकका चालक रामललित मण्डल र सहचालक निरज कुमारलाई नियन्त्रणमा लिइएको र पक्राउ परेका दुवैजना भारतीय नागरिक रहेको सशस्त्र प्रहरी निरीक्षक सिंहले बताए ।

धान लिएर ट्रक सर्लाहीको ईश्वरपुर नगरपालिकामा जान लागेको बताउदै सशस्त्र प्रहरी निरीक्षक सिंह भने, बरामद रकम हुुण्डी कारोवारीको हुुन सक्ने बताए । बरामद रकम सर्लाही भन्सार कार्यालय मलङ्ग्वामा आजै बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सिंहले जनाए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय