scheduleसोमवार जेष्ठ १२ गते, २०७७

अन्तरक्षिमा छायांकन हुँदैछ टम क्रुजको आगामी फिल्म


एजेन्सी, २५ वैशाख । हलिउडका दिग्गज अभिनेता टम क्रुज सधै आफ्ना फ्यान्सहरुका लागि नयाँ नयाँ गर्ने कोशिस गरिरहन्छन् । यसपटक पनि उनले आफ्ना फ्यानहरुका लागि नयाँ गर्दै छन् ।

अन्तराष्ट्रिय मिडियाहरुका अनुसार टम क्रुजले आफ्नो आगामी फिल्मको शूटिङ अन्तरिक्षमा गर्दै छन् । अन्तरिक्षको कहानीमा आधारित यो एउटा एक्सन एडभेन्चर फिल्म हो । यस फिल्मका लागि टम क्रुजको टोलीले एलन मस्कको एभिएसन कम्पनी स्पेस एक्स र अन्तरिक्ष एजेन्सी नासासँग कुराकानी गरिरहेको छ ।

यो पहिलोपटक होइन टम क्रुजले आफ्ना फ्यानहरुका लागि आश्चर्यचकित काम गर्न लागेको । यसअघिको फिल्म सिरिज मिसन इम्पोसिबलमा पनि टमले धेरै ओटा एक्सन सिन दिईसकेका छन् । जसका लागि उनले दर्शकहरुबाट वाहवाही पाएका थिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय