scheduleमगलवार श्रावण २७ गते, २०७७

किशोर छोरीसँग सम्बन्ध सुमधुर राख्न सिकाउनुहोस् यी चार कुरा


एजेन्सी, २५ वैशाख । सबै सम्बन्धहरु आफैंमा विशेष हुन्छन् तर आमा छोरीको सम्बन्ध भने सधै फरक र खास हुन्छन् । तर यो विशेष सम्बन्धमा कहिलेकाँही सामान्य उतार चढाव आउँछ । यस्ता उतार चढाव आउन नदिन र सम्बन्धलाई सधै सुमधुर बनाई राख्न छोरीलाई असल संस्कार दिन आवश्यक छ ।

छोरीलाई यस्तो संस्कार दिन आमा मात्र सक्षम हुन्छिन् । आज हामी तपाईलाई यस्ता चारओटा कुरा बताउँदै छौं जुन कुरा तपाईले आफ्नो किशोरी छोरीलाई सिकाउनु भएको खण्डमा सम्बन्ध सधै सुमधुर रहने छ ।

१. मजबूत जिम्मेवार बनाउनुहोस्

उमेर बढ्दै गए पछि आमा छोरी बीच जिम्मेवारीहरुका कारण एक किसिमको दूरी बढ्दै जान्छ । यसकारण सधै आमा छोरी एकसाथ बसिरहन पाउँदैनन् । यसकारण छोरीलाई एकलै हुँदाको अवस्थामा पनि सधै आत्मनिर्भर, मजबूत र जिम्मेवार बन्न सिकाउनुहोस् ।

२. असल साथी छनौट गर्न मद्दत गर्नुहोस्

टिनएजको समयमा मानिसलाई साथीसँगीको धेरै आवश्यकता हुन्छ । यदि तपाई आफ्नी छोरीको यो उमेर सौहार्दपूर्ण वातावरणमा तनावमूक्त भएर बितोस् भन्ने चाहानुहुन्छ भने उसलाई असल साथी रोज्ने सल्लाह दिनुहोस् । सकेसम्म असल साथीहरुको छनौटमा सहयोग गर्नुहोस् ।

३. असफलताको मतलब विफलता होइन भन्ने कुरा सिकाउनुहोस्

आफ्नी छोरीलाई प्रतिकूल अवस्थामा पनि आत्मविश्वास र आशावादी भएर बस्न सिकाउनुहोस् । उसलाई आफ्नो अनुभवबाट सधै असल र उत्साहजनक कुराहरु सिकाउनहोस् । असफलता विफलता होइन भन्ने मूख्य कुरा सिकाउन नबिर्सनुहोस् ।

४. कसैको आगमन र बिछोडबाट प्रभावित नरहन सिकाउनुहोस्

किशोर अवस्थामा छोरीहरु प्रेम सम्बन्धमा पर्ने सम्भावना प्रवल रहन्छ । यस्तो यो उमेरमा स्वभावैले सम्बन्ध लामो समय टिक्न सक्दैन । यसकारण छोरीलाई सधै कसैको आगमन र बिछोडबाट प्रभावित र विचलित नहुन सिकाउनहोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय