scheduleशनिवार जेष्ठ १७ गते, २०७७

नेता

कविता
कैलाश घिमिरे

नेता जमात भए, तर यहाँ जनता एक्ला भए
बैरी वल्ला भए, तर यिनका आफन्त पल्ला भए
चाहना के थियो, तर अहिले निर्णय बेग्ला भए
पापैको कुण्डमा डुबेका यी, कसरि सग्ला भए ?

मौका छोप्न पाए यिनले, छेपारे रङ फेर्दछन्
कतै रुनै पर्दा यिनले,गोही आँसु झार्दछन्
झुपडीमा बास हुन्थ्यो, गगनचुम्बी अग्ला भए,
पापैको कुण्डमा डुबेका यि, कसरी सग्ला भए ?

ढोका बाहिर झगडा, सँगै भित्र भोज् लाउँछन्
खाना को त के कुरा भो, सुनै समेत पचाउँछन्
गरेका बाचा यिनले ती, बतासे हल्ला भए
पापैको कुण्डमा डुबेका यी, कसरी सग्ला भए ?

Dish_Home

(हालः जर्जिया, अमेरिका)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय