scheduleशुक्रवार आश्विन ९ गते, २०७७

सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन (फोटोफिचर)

काठमाडौं, २५ बैशाख । बिहीबारदेखि सङ्घीय सांसदहरुको पनि कोरोना भाइरस परीक्षण गर्न थालिएको छ । शुक्रबारदेखि सङ्घीय संसद् बैठक सुरु हुने भएकाले सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको संसद् सचिवालयले जनाएको छ । परीक्षणका लागि सांसदहरुको घाँटीको र्‍यालको नमूना सङ्कलन गरिएको छ ।

सांसदहरुमा कोरोना भाइरस सङ्क्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट गरिएको छ । कार्यव्यवस्था परामर्श समितिले पनि संसद् भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । संसद् बैठक स्थलमा पनि सांसदहरु बीचको दूरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद् प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बर्षे अघिवेशन शुक्रबारदेखि नै सुरु हुँदैछ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, छलफल र पारित हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय