scheduleशनिवार जेष्ठ १७ गते, २०७७

कोरोनासुरको जय होस’ !

कविता
दामोदर त्रिपाठी
दामोदर त्रिपाठी

जंगलमा ठूला पहाडहरु भत्किएका छन्
सहरमा ठूला महलहरु भत्किएका छन्,
भताभुङ्ग छन्- ति चिल्ला फराकिला सडक
उनीहरुलाई थाहा छ,
पहाडहरुसँगै पहाड जस्तै मन भत्किएका छन्,
महल र सडकहरुसँगै मान्छेका
औंला, पाखुरा र पैतालाहरु थिल्थिलिएका छन् ।

यत्र तत्र सर्वत्र,
विजय ध्वनि छ त केवल कोरोनासुरको
‘कोरोनासुर को जय होस’ !

लथालिङ्ग, सुनसान र चकमन्न बस्तीहरु काटेर,
आगोले सखाप पारेको जंगलमा
जिग्रिङ्ग ठडिएका रुखहरुजस्तै
सुख्खा र निस्प्राण अग्ला अग्ला घरहरु छलेर
जीवनका कलिला किरणहरु खोज्दा खोज्दै
रात पर्छ– मध्य रात !

Dish_Home

चिहानबाट,
चित्कारहरु निस्कन्छन्
ज्वालाहरु निस्कन्छन् र,
पर परसम्म पुग्छन् ।

यस्तो लाग्छ,
चिहानबाट निस्किएका ति चित्कारहरुभित्र
तिनै भतामुङ्ग शहरका सपनाहरु अव्यक्त छन्
चिहानबाट निस्किएका ति ज्वालाहरु भित्र
तिनै लथालिङ्ग बस्तीका सपनाहरु बलेका छन् ।

कोरोनासुर सभ्यताका
यस्तै हायलकायल क्षणहरुमा हुनसक्छ सायद
ति जीवनका मुमुक्षुहरु
तिनै चिहान भित्रबाटै पनि
जीवनका नयाँ सपनाहरु जोड्न छोड्दैनन्
जीवनका नयाँ लक्ष्यहरु पहिल्याउन थाक्दैनन्
चोहे ति धामीको भेषमा होउन,
चोहे ति जोगिको भेषमा होउन,
चोहे ति सेता पहिरनमा होउन वा,
निला खोल भित्र होउन ।

कोरोनासुरले आफ्नो आहारा बनाएका
तिनै लाशका खप्पर र नलिहाडहरु बोकेर
तन्त्र गर्छन, मन्त्र गर्छन्
ध्यान गर्छन, तप गर्छन् ।
ति उदास र निराश बस्तीहरुमा
फेरी नयाँ मृत्यु ब्युझाउन
एउटा भयानक त्रासदी उत्पन्न गर्छन् ।

कारोनासुर सभ्यताको एक कठोर यथार्थलाई
सामना गर्न,
फेरी अर्को हार, प्रहार र प्रतिहारको
लामो श्रृखला बाँच्न
कोरोनासुरको छेछछाउमै,
उनीहरु फेरी अर्को मृत्यु ब्युझाउँछन्
कोरोनासुरको विरुद्धमा ।

कोरोनासुर सभ्यताको एक कठोर यथार्थलाई
सामना गर्न,
फेरी अर्को हार, प्रहार र प्रतिहारको
लामो श्रृखला बाँच्न
कोरोनासुरको छेउछाउ बाटै,
उनीहरु फेरी अर्को मृत्यु ब्युझाउँछन् ।

उनीहरु थाकेका छैनन्
सायद थाक्ने पनि छैनन्,
पद्यपि पर परसम्म
आवाज प्रतिध्वनित भइरहेको छ,
‘कारोनासुरको जय होस’…. !
‘कोरोनासुरको जय होस’ … !

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय