scheduleसोमवार जेष्ठ १२ गते, २०७७

मलेसियामा १९ जना नेपालीमा कोरोना पुष्टि, ९ जना एउटै मलका सुरक्षा गार्ड

काठमाडौँ, २५ वैशाख । रोजगारीका लागि मलेसिया पुगेका ९ जना नेपालीमना कोरोना भाईरस पुुष्टि भएको छ । मलेसियामा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मलेसियाका स्थानीय सञ्चारमाध्य द स्टारले लेखेको छ ।

मलेसियाको एक मलमा १० जना सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएकोमध्ये ९ जना नेपाली रहेका द स्टारले जनाएको छ ।

मलमा कोरोना सङ्क्रमणबारे अझै अनुसन्धान हुने र सङ्क्रमित श्रमिकको सम्पर्कमा रहेकाको पनि परीक्षण हुने मलेसियाका स्वास्थ्य निर्देशक दातुक डिआर नुर हिसहम अब्दुल्लाहले बताएका छन् ।

Dish_Home

सुरक्षा गार्ड मात्र नभएर मलमा काम गर्ने अरु श्रमिकको पनि कोरोना परीक्षण गर्ने तयारी भैरहेको छ । ९ जना थप भएसँगै मलेसियामा कोरोना सङ्क्रमित नेपालीको संख्या १९ पुगेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय