scheduleशनिवार मंसिर २० गते, २०७७

बुबाको गाडी चोरेर लम्बरगिनी गाडी किन्न हिँडेका पाँच वर्षका साहसी बालक

एजेन्सी, २६ वैशाख । अमेरिकाको उटाह हाईवेमा तैनाथ एक प्रहरीले सडकमा गुडिरहेको एउटा गाडीलाई रोके । उक्त गाडी ३० किलोमिटरप्रति घण्टाको रफ्तारमा सीमित लेनबाट भित्र र बाहिर गर्दै कुदिरहेको थियो । गाडीको झ्याल खोलेर भित्र हेर्दा ह्वील स्टेरिङमा सानो बच्चाको हात थियो ।

गाडी वरिपरी हेर्दा कोही थिएनन् । सुरुमा त ट्राफिक प्रहरी पनि गाडी चालक कुनै शारीरिक अपाङ्गता भएको व्याक्ति होला भनेर झुक्किएका थिए ।

ड्युटीमा खटिएका ती प्रहरीले आश्चर्यमा हुँदै सबैभन्दा पहिले ती बालकको उमेर सोधे । प्रतित्युतरमा बालकले ‘पाँच वर्ष’ भन्यो । प्रहरीको होश त तब उड्यो जब त्यो पाँच वर्षको बालकले आफूले बुवाआमाको कारको चाबी चोरेर आफ्नो लागि लम्बरगिनी गाडी किन्न घरबाट भागेको कुरा बताए ।

एड्रिन जामारिप्पा नामका ती बालकले बुवा आमालाई थाहा नै नदिई तीन डलर गोजीमा बोकेर लम्बरगिनी गाडी किन्न क्यालिफोर्नियाका लागि घरबाट निस्किएका थिए । तर प्रहरीले उनलाई उटाहको हाईवे मै रोकेर घर फर्काइ दिए । उनी मंगलबार घर फिर्ता आईपुगे ।

तर लम्बरगिती चढ्ने सपना पूरा नभए पनि उनको यो अदम्य सहास र अदभूत क्षमताले उनलाई लक्जरी कार दिलाएको छ ।

अन्तराष्ट्रिय हेडलाइन बनेका ती बालकलाई स्थानीय बिजनेसम्यान जेरेमी नर्भ्सले मेट ब्लयाक टु सिटर हुराक्यान गिफ्ट गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay