scheduleबुधवार जेष्ठ १४ गते, २०७७

वैश्विक नेतृको रुपमा उदाउँदै संकटैसंकटको श्रृंखला पार गरेकी एङ्गेला मर्कल

एजेन्सी, २६ वैशाख । एंगेला मर्कल ठूलाठूला भाषण दिन्नन् । जर्मन चान्सलर मर्कल वर्षमा एकपटक देशको नाममा सम्बोधन गर्छिन् । त्यो पनि नयाँ वर्षको प्रि-रेकर्ड सन्देशमार्फत् । उनले १५ वर्षको नेतृत्वकालमा पहिलोपटक टेलिभिजनमार्फत एकाएक जनताको नाममा सम्बोधन गरिन् । त्यो समय तब थियो जब मार्चमा कोरोना भाइरस जर्मनमा फैलियो र जर्मन नागरिकलाई अपडेट गर्ने निर्णयले उनले उक्त अप्रत्याशित भाषण दिइन् ।

उनको भाषण एकाएक विश्व चर्चाको विषय बन्यो ।

क्वान्टम क्यामेस्ट्रीमा डक्टरेट गरेकी मर्कल एकजना इशाइ धर्मगुरु अर्थात् पास्टरकी छोरी हुन् । भाषणमा उनले जनताहरुप्रति करुणा भाव दर्शाउँदै उक्त महामारीको डरलाग्दो तथ्य जनतासमक्ष उजागर गरिन् ।

Dish_Home

उनले नागरिकहरुको हलचलको अधिकारलाई कुण्ठित गरेर देशमा लकडाउन लागू गर्ने उदेश्यले भाषणमा आफ्नो पूर्वी जर्मनी पृष्ठभूमी र त्यहाँ भोगेको अप्ठ्याराहरुका सन्दर्भलाई जोडिन् । यसरी उनले लकडाउनको महत्वलाई नागरिकसमक्ष बुझाइन् र सबै जर्मनी नागरिकलाई आफ्नो पक्षमा पार्न सफल भइन् ।

‘उनी एउटा कुशल वक्ता मात्र होइन तर उनको शान्तिपूर्ण सन्देशले उनले गर्न सक्छिन् भन्ने विश्वासलाई ८० देखि ९० प्रतिशतमा पुर्‍यायो ।’ बर्लिन हामबोल्ट विश्वविद्यालयका राजनीतिक शास्त्रका प्राध्यापक वल्फग्याङ मर्कल भन्छन् । ‘मानिसहरु भविष्यलाई लिएर एकदमै चिन्तित र अनिश्चित थिए । उनीहरु सरकारबाट सुनिश्चितता र सुरक्षा खोजिरहेका थिए,’ उनी भन्छन् ।

मर्कलको लागि यो समय एउटा ‘रियल ट्रान्सफर्मेसन’ सावित भयो, जसले आफ्नो नेतृत्व एउटा कमजोर पंछीको रुपमा सुरु गरेकी थिइन् । शणनार्थीहरुप्रति उद्धारताको नीतिले उनको राजनीतिक रेकर्डलाई ध्वस्त बनाएको थियो । उनका सक्सेसन योजनाहरु विफल भए र उनको पार्टीले पनि मत गुमाउन थालेको स्थिति थियो ।

मर्कलले यसअघि नै २०२१ को अर्को संघीय चुनावमा आफू नउठ्ने घोषणा गरिसकेकी थिइन् । साथै २०१८ मा सीडीयूमा उनले पार्टीको अध्यक्षबाट पनि राजीनामा दिईसकेकी छिन् । त्यसमाथि उनको शारीरिक स्वस्थमा पनि प्रश्न उठ्ने गरेको छ बेलाबेला ।

तर जब कोभिड १९ विश्वभरी महामारीको रुपमा फैलियो तब मर्कलले भने पुनः फण उठाइन् ।

‘उनको ठूलो पुनरजागरण भयो । जर्मनमा मात्र होइन पुरै विश्वमा । किनभने १५० वर्षपछि पहिलोपटक विश्वले विश्विक संकटको सामना गरिरहेको छ र विश्विक नेतृत्वका लागि अहिले विश्वले अमेरिकातिर हेरिरहेको छैन सबैले मर्कल तिर हेरिरहेको छ,’ बर्लिनस्थित हेर्टि स्कूलका प्राध्यापक एड्री रोमेलेले भने ।

मर्कलको पर्सनल अप्रूभल रेटिङ अहिले सबैभन्दा उच्च स्थानमा छ र अहिले उनको गठबन्धन सरकार पनि उनको छायाँमा छ । उनको विरासत सुरक्षित देखिन्छ ।

‘उनलाई संकटको सच्चा व्यवस्थापकको रुपमा इतिहासले सम्झिनेछ,’ यसअघिका तीनओटा ग्लोबल वा प्यान युरोपेली समस्यामा मर्कलले जर्मनलाई डोहोर्‍याएको सम्झना गर्दै रोमेले भन्छन्, ‘ती तीन संकट भनेको वैश्विक वित्तिय संकट, युरोजोनको ऋण संकट र २०१५ को माइग्रेसन संकट हो । उनी अभूतपूर्व छिन्, जब पनि संकट आयो तब उनले उत्कृष्ट काम गरेकी छिन् ।’

बुधबार मर्कलले जर्मनको हप्ता लामो लकडाउनलाई आंशिक रुपमा खोल्ने योजना सार्वजनिक गरिन् । उनले भनिन्, ‘हामीसँग केही हिम्मत छ ।’ तर उनी राहतसँगै सचेत पनि थिइन् । ‘अवस्था हाम्रो हातभन्दा बाहिर अनियन्त्रित भएर नजाओस् यसैले विचार गर्नुछ,’ मर्कलले अघि भन्छिन् ।

‘महामारीको पहिलो चरणलाई हामीले पछाडि पारेका छौं, तर यो सुरुवात हो यो अझै लामो समय रहनेछ,’ उनले भनिन् ।

सफलतको कथाः जर्मन

कोरोना भाइरसलाई जर्मनले जसरी व्यवस्थापन गर्‍यो त्यसका लागि जर्मनले विश्व समुदायबाट प्रशंसा पाएको छ । मर्कलको शान्तपूर्ण व्यवहार र उनको तिव्र गतिमा उकालो लागेको ‘अप्रूभल रेटिङ’ले मात्र विश्वका अन्य नेतृत्वबाट उनलाई फरक देखाएको छैन । कोभिड १९ को असरको संख्याले पनि त्यस्तो बताउँछ ।

जर्मनमा कोभिड १९ को मृत्यु संख्या अन्य देशको तुलनामा कम छ । त्यहाँका स्वास्थ प्रणाली संसाधान सम्पन्न रहेको छ । अस्पतालहरुमा विमारीहरु पूर्णरुपमा सुविधा सम्पन्न छन् र पूर्व तयारी पनि युरोपको अन्य मुलुकहरुको तुलनामा राम्रोछ । अन्य मुलुकहरु यो रोगसँग लड्न संघर्ष गरिरहेका छन भने जर्मनले आफूलाई साबित गरिसकेको अवस्था छ ।

मर्कलको लोकप्रियता बढ्नुको पछाडिको अर्को कारण भनेको अन्तराष्ट्रिय तुलनामा पनि हो ।

‘यो सरकार दयाको पात्र थियो र म एकजना सहानुभूतिकर्ता थिए तैपनि यो महामारीलाई रोक्ने अभियानमा यो सरकार सफल भयो । विशेषगरी त्यो अवस्थामा जब अमेरिका र वेलायत दुबै यसलाई रोक्न असक्षम छन्,’ वल्फग्याङ मर्कल भन्छन् ।

चान्सलरले यो प्रतिकूल अवस्थाको बागडोर सुरुवाती चरणमा नै कुशलापूर्वक सम्हालेकी छिन् । जसकारण युरोपमा संकट फैलिरहेको अवस्थामा उनी विश्वासनीय बनिन् । ‘वेलायत र अमेरिकामा नागरिकको आखाँ अघि त्यहाँका नेतृत्वले यसलाई एउटा प्रमुख चुनौतीको रुपमा नै स्विकार गरेन । ती मुलुकहरुमा यस्ता म्याचो राजनीतिज्ञहरु छन् जसले लाखौं मानिसहरुको ज्यान जादाँ पनि सबै ठिकै छ हामी यो समस्याबाट पार पाउने छौं भनेर जनतालाई खोक्रो आश्वासन मात्र दिइरहेका छन् ।’ उनले अगाडी भने ।

जर्मनका ख्यातिप्राप्त राजनीतिकशास्त्री गेरो न्यूगेबाउर भन्छन्, ‘ यो संकटप्रतिको मर्कलको प्रतिक्रियालाई राजनीतिक पृष्ठभूमिले आकार दिएको हो । यसले उनको विश्वसनीयतालाई थप मजबूत बनाएको छ ।’ उनी अगाडी भन्छन्, ‘आगामी चुनावमा राम्रो छवि बनाउन उनीमा रुची छैन तर पनि उनले राम्रो काम गरेकी छिन् ।’

राजीनामा दिने यसअघि नै घोषणा गरेता पनि मर्कलले पनि बेलायती प्रधानमन्त्री बोरिस जनसन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै राजनीतिक दबाब झेलिरहेकी छिन् । यी सबै नेताहरु आगामी चुनावका लागि ठूलो लडाई र दबाब झेलिरहेका छन् ।

उनी राजनीतिबाट बाहिरिदैँछिन् । अरुले जस्तो दिनहुँ राजनीतिमा भिडिरहन उनलाई आवश्यकता छैन । ‘उनीले सबै झगडा र टसल्सहरुमाथि उठेर एउटा होशियार आमाको भूमिका निभाउन सक्छिन्,’ न्यूगेबाउर भन्छन् ।

कोरोना भाइरसको संकटले मर्कललाई भावी विरासतका लागि यो महत्वपूर्ण घडीमा अन्तराष्ट्रिय आवाज बन्न र विश्वासनीयता जित्न मद्दत गरेको छ ।

जुलाईमा हुने युरोपियन युनियनको परिषदको अध्यक्ष बन्ने पालो अहिले घुरमेर जर्मनको हातमा आएको छ । यसर्थमा ईयुको नेताहरुको महत्वपूर्ण उक्त बैठकमा चान्सलर एंगेला मर्कलले समापतित्वको आसन ग्रहण गर्दै युरोपलाई अन्तराष्ट्रिय रुपमा प्रतिनिधित्व गर्दैछिन् । युरोपेली युनियनका तत्कालिन प्रमुख उर्सुल भोन डेर लेयेन मर्कलका पुराना मित्र हुन् ।

मर्कलको यो हालैको राजनीतिक अपिलले एउटा स्वभाविक प्रश्न जन्माएको छः के उनले फेरी चुनाव लड्ने र पाचौं चरणको सत्ता पनि सम्हाल्ने बारे सोचेकी छिन् त ?

‘हल्ला चल्दैआएका थिए र अझै चलिरहेका छन् । तर मलाई यो हल्ला मात्र हो जस्तो लाग्छ,’ न्यूगेबौर भन्छन्, ‘मैले एकपटक नाई भने पछि सधैं नाई भन्ने कुरा सिकेको छु । तर उनीसँग त अब क्रिस्चियन डेमोक्रेटिक दलको समर्थन पाउँदिन भनेर अनुभव नैछ । यो टुक्रिनेछ ।’

‘उनले भनिसकेकी छिन् । अब कुनै उपाय छैन र यो नै अन्तिम हो भनेर,’ वल्फग्याङ मर्कल थप्छन् ।

(सीएनएनमा प्रकाशित इभाना कोट्टासोभाको रिपोर्टको भावानुवादित अंश)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय