scheduleशनिवार आश्विन १० गते, २०७७

लकडाउनमा भारतबाट आएका ५ जना क्वारेन्टाइनमा

दाङ, २६ वैशाख । बन्दाबन्दीको समयमा भारतबाट आउने पाँच जनालाई क्वारेन्टाइनमा लगिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ फुलबारीका एक महिलालाई तुलसीपुरको क्वारेन्टाइनमा लगिएको छ । कोरोना संक्रमित क्षेत्रबाट बन्दाबन्दीको समयमा आएको भन्दै ती महिलालाई बिहिबार साँझ उपमहानगरपालिकाले रक्षाचौरमा स्थापना गरेको क्वारेन्टाइमा लगिएको हो ।

यस्तै कोरोना संक्रमित जिल्ला बाँकेको बागेश्वरी मन्दीरका पुजारी र उनको परिवारका सदस्य चार जनालाई पनि क्वारेन्टाइनमा ल्याइएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक तथा कोभिड–१९ सम्प्र्क व्यक्ति बिमल केसीले जानकारी दिए । संक्रमित क्षेत्र बाँकेबाट केहीदिन अघि तुलसीपुरमा आउने तुलसीपुर–१ छोटेका पुजारीसहित उनको परिवारका ४ जना सदस्यलाई परीक्षणका लागि क्वारेन्टाइनमा लगिएको उनले बताए ।

उनीहरुको स्वाब संकलन गर्नका लागि क्वारेन्टाइनमा राखिएको हो । यस्तै भारतबाट आउन तुलसीपुर उपमहानगरपालिका–१० का एक महिलाको पनि खोजी भइरहेको केसीले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिकाले रक्षाचौरमा स्थापना गरेको क्वारेन्टाइनमा अहिले २१ जना रहेका छन् । क्वारेन्टाइनमा १५ जना पुरुष र ६ जना महिला रहेको उनले बताए । यसैबिच बाँकेमा कोरोना संक्रमण देखिएसँगै तुलसीपुरमा व्यापक निगरानी बढाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय