scheduleसोमवार जेष्ठ १२ गते, २०७७

हुनेवाला बुहारीबारे ऋषि कपूरको त्यो ठट्टा


एजेन्सी, २७ वैशाख । बलिउडका दिग्गज कलाकार ऋषि कपूर आफ्नो एक्लो छोरा रणवीर कपूरको विवाह देख्ने सपना अधुरै छोडेर यो संसारबाट बिदा भए । जब ऋषि न्यूयोर्कबाट उपचार गरेर भारत फर्किदैँ थिए तब खबर सुन्नमा आएको थियो कि रणवीरको विवाह यसै वर्षको अन्त्यसम्म गरिनेछ । ऋषिले एकपटक ट्वीट गरेर नै छोरा रणवीरको विवाहको इच्छा जाहेर गरेका थिए ।

पछिल्लो समययता रणवीर र आलिया भट्टको प्रेम सम्बन्ध चर्चामा छ । यद्यपि हालसम्म यी दुबैले आफ्नो सम्बन्धलाई लिएर केही कुरा पनि खुलासा गरेका छैनन् । पछिल्लो समय कपूर परिवारमा दुःखको घडीमा पनि आलिया हरपल रणवीर परिवारको साथमा छिन् ।

तर तपाईलाई थाहा छ । केही समय अघि ऋषि कपुरले ट्वीटरमार्फत छोरा रणवीरलाई विवाहको सल्लाह त दिएका थिए । तर त्यहाँ उनले बुहारीको लागि आलियालाई चयन गरेका थिएनन् ।

Dish_Home

२०१८ मा ऋषि कपुरले छोरा रणवीर र फिल्म निर्देशक अयान मुखर्जीको एउटा तस्बिर शेयर गरेका थिए । उक्त तस्विर शेयर गर्दै ऋषि कपूरले लेखेका थिए, ‘बेस्ट फ्रेन्ड्स, तिमीहरु दुबैले विहा गरे कस्तो होला ।’

तर ऋषि कपुरको उक्त ट्वीट एउटा रमाइलो तथा स्मरणीय ठट्टा थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय