scheduleमगलवार श्रावण २७ गते, २०७७

अनिदोको समस्या हटाउन यी चार आसन हुनसक्छ रामवाण

एजेन्सी, २७ वैशाख । लकडाउनको समयमा दिनभरी घरमै समय कटाउनु पर्दा रातको समयमा निद्रा नलाग्ने अहिले आम समस्याको रुपमा देखा परेको छ । यो समय निद्रा नआउनुको पछाडि विविध कारण छन् । अनिँदोको समस्या हटाउन दैनिक योगा फाइदाजनक छ । नियमित चार योगासन गर्नाले यो समस्याबाट छूटकारा पाउन सकिन्छ ।

१. विपरीत करणी आसन
यो आसन गर्नका लागि योगा म्याटमा आरामले पल्टिनुहोस् । अब आफ्नो हातलाई सिधा जमिनमा राखेर खुट्टालाई माथि तिर उठाउन सुरु गर्नुहोस् । खुट्टालाई माथितिर लगेर शरीरलाई ९० डिग्रीको कोणजस्तो बनाउनुहोस् । खुट्टासँगै नितम्बलाई पनि माथितिर उठाउर तल सिरानी राख्नुहोस् । यस्तै अवस्थामा करिब पाँच मिनेट जति बस्नुहोस् ।

२. बालासन
बालासन गर्न अघि सबैभन्दा पहिले तपाई बज्रासनको अवस्थामा बस्नुहोस् । यसपछि आफ्नो टाउकोलाई जमिनतिर टेकाउनुहोस् । त्यसपछि दुबै हातलाई पनि जमिनमा राखनुहोस् । अब आफ्नो जाँघले छातीमा दबाव बनाउनुहोस् । यस्तै अवस्थामा दुई देखि चार मिनेटसम्म बसिरहनुहोस् । यो आसन गरेपछि दिमाग र मन दुबै शान्त हुन्छ । दिमागबाट तनाव भाग्छ र निद्रा राम्ररी लाग्छ ।

३. सुखासन
कुंडलिनी योग राम्रो निद्राका लागि एकदमै आवश्यक छ । दैनिक सुत्न अघि करिब एक घण्टासम्म यो आसन गरे अनिद्राबाट राहत मिल्छ । कुंडलिनी योग गर्दा एकाग्रता बढ्छ र मन शान्त स्थितिमा आउँछ ।

४. शशांकासन
यो आसन गर्न पनि पहिले बज्रासनमा बस्नुहोस् र आफ्नो मुठ्ठिभित्र औलाहरुलाई दबाएर राख्नुहोस् । अब आफ्नो मुठ्ठीलाई पेटमा राखेर गहिरो र लामो स्वास छोड्नुहोस् । अब आफ्नो पेटको साहाराले तल झुक्नुहोस् र आफ्नो टाउकोले जमिन छुनुहोस् । शशांकासनले मस्तिष्कलाई मजबूत राख्छ । यसबाहेक निद्रा पनि राम्ररी आउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय