scheduleआइतवार जेष्ठ १८ गते, २०७७

संकट चुलिएपछि ईश्वरको शरणमा ट्रम्प, भाइरस शान्ति पार्न ह्वाइट हाउसमा शान्ति पाठ


एजेन्सी, २७ वैशाख । नेशनल प्रेयर डेको अवसरमा मानिसहरुको स्वास्थ र सुरक्षाका लागि अमेरिकी राष्ट्रपतिको निवासमा पुराजीद्वारा शान्ति पाठ गराइएको छ । रोज गार्डेनमा भएको वैदिक शान्ति पाठमा कोरोना महामारीबाट प्रभावित मानिसहरुको कुशलताको प्रार्थना गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू जर्सीका बीएपीएस स्वामीनारायण मन्दिरका पुजारी हरीश बह्माभट्टलाई प्रार्थनाका लागि आमन्त्रित गरेका थिए । प्रार्थनामा अन्य धर्मका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

पुजारी बह्मभट्टले अंग्रेजीबाट प्रार्थना सुनाएका थिए ।

Dish_Home

उक्त अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘नेशल प्रेयर डेको दिन अमेरिका धेरै भयानक बिमारीको विरुद्ध युद्ध लडिरहेको छ । अमेरिकाले हरेक चुनौतीपूर्ण समयमा धर्म, आस्था, प्रार्थना र ईश्वरको शक्तिमाथि भरोसा गरेको छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय